ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक रोजगार बीमा एकीकृत : सातै प्रदेशमा कार्यालय राखिने

Feb 6, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमा एकीकृत (पुल) गर्न एकद्वार प्रणाली तयार भएको छ । उक्त बीमाको व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले बीमा समिति र जीवन बीमा कम्पनीहरूको सहकार्यमा यस्तो व्यवस्था गरिएको हो । बीमा कम्पनीहरूले माघ १ गतेदेखि नै यस बीमालाई एकद्वार प्रणाली मार्फत सञ्चालन गर्दै आएका थिए । तर, कार्यविधि बन्न नसक्दा पूर्णता पाउन सकेको थिएन । हाल जीवन बीमा कम्पनीहरूद्वारा प्रस्तावित कार्यविधिलाई समितिले पारित गरेको छ । केही दिनमा नै पुलमार्फत बीमालेख विक्री गरिने युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले बताए । यस वर्षलाई पुल सञ्चालनको जिम्मेवारी नेशनल लाइफ, सूर्या लाइफ, युनियन लाइफ र रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाएका छन् । कार्यविधिमा उल्लेख छ, ‘उक्त ४ कम्पनीमध्ये कुनै १ कम्पनीको प्रतिनिधिलाई फोकल व्यक्तिको रूपमा छनोट गरिने छ । र, उसले नै पुल व्यवस्थापनको कार्य गर्नुपर्ने हुन्छ ।’१ वर्षपछि पुल सञ्चालन र बीमालेख जारी गर्न अन्य कम्पनीलाई छनोट गरिने कार्यविधिमा उल्लेख छ । हाल पुलमा १८ ओटा जीवन बीमा कम्पनी सहभागी छन् । मेट लाइफ इन्स्योरेन्सले यस्तो बीमाको व्यवसाय नगरेको हुनाले पुलमा सहभागी छैन । पछिल्लो समय वैदेशिक रोजगार बीमा क्षेत्रमा नक्कली बीमालेख जारी हुने जस्ता विकृति मौलाउँदै गएको थियो । साथै, कम्पनीहरू बीच अस्वस्थ प्रतिस्पर्धा पनि बढ्दै गएको देखिन्छ । यसरी वैदेशिक रोजगार बीमामा देखिएको समस्यालाई पुलमार्फत अन्त्य गर्ने प्रयास गरिएको समितिको भनाइ छ । यस्तै, आम कम्पनीहरूले आफ्नो व्यवसाय बढाउन वैदेशिक रोजगारमा जाने कामदार बाटोमा नै तानातान गरेर तनाव दिने गरेका थिए । अब, एउटै कार्यालयबाट बीमालेख जारी हुने भएपछि त्यस्तो प्रवृत्तिको पनि अन्त्य हुने देखिएको छ । बीमाशुल्क साप्ताहिक रूपमा वितरण माघ १ गतेदेखि जारी भएका बीमालेख र बीमाशुल्क पुलमा नै संकलन हुनेछन् । बीमालेख जारी गरेपछि प्राप्त बीमाशुल्क निर्धारित अनुपातमा सम्बन्धित कम्पनीलाई छुट्याइने छ । प्रत्येक शुक्रवार सम्बन्धित कम्पनीको बैंक खातामा रकम जम्मा गराउनुपर्ने छ । साथै, बीमा कम्पनीहरूले यसका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने बताइएको छ । हाल कायम गरिएको बीमा व्यवसायको हिस्साको अनुपात चालू आर्थिक वर्ष (आव) २०७५/७६ सम्मका लागि मात्र हो । आगामी आवमा बीमाको हिस्सा परिवर्तन गरिनेछ । साथै, आव २०७८/७९ देखि सबै कम्पनीलाई समान रूपमा व्यवसाय बाँडफाँट गरिनेछ । सातै प्रदेशमा कार्यालय खोलिने पुल अन्तर्गत बीमा व्यवसाय सञ्चालन गर्न सातै प्रदेशमा कार्यालय स्थापना गरिने भएको छ । साथै, सम्बन्धित प्रदेशको व्यवसायी आकारलाई दृष्टिगत गर्दै आवश्यक कर्मचारीको व्यवस्था पनि गरिने कार्यविधिमा उल्लेख छ । सरकारले वैदेशिक रोजगारमा जाने कामदारलाई प्रदेशबाट नै श्रम स्वीकृति दिने भएपछि प्रदेशमा पनि शाखा स्थापना गरिने भएको हो । साथै, जारी भएको बीमालेखलाई दैनिक रूपमा पुलमा आबद्ध सबै कम्पनी, बीमा समिति र वैदेशिक रोजगार विभागलाई इमेल मार्फत जानकारी गराउनुपर्ने व्यवस्था छ । सफ्टवेयर सम्बन्धी व्यवस्था हालसम्म कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायका लागि वैदेशिक रोजगार विभागको सहकार्यमा एक सफ्टवेयर प्रयोग गरिरहेका छन् । अब उक्त सफ्टवेयरको विश्वसनीयतालाई दृष्टिगत गरेर मात्र प्रयोगमा ल्याइने बताइएको छ । साथै, पुलमा आबद्ध नभएका कम्पनीहरूको ‘युजर आइडी’ बन्द गरिने कार्यविधिमा उल्लेख छ । दाबी कहाँ पेश गर्ने ? हालसम्म बीमितले इच्छाएको व्यक्तिले सम्बन्धित कम्पनीमा नै दाबी पेश गर्दै आएका थिए । तर, अब पुल मार्फत बीमालेख जारी हुने भएपछि यस विषयमा द्विविधा उत्पन्न भएको छ । अहिलेसम्म यस विषयमा नीतिगत व्यवस्था पनि गरिएको छैन । सम्भवतः पुलमार्फत नै दाबी भुक्तानी गरिने जानकारहरू बताउँछन् । यद्यपि, यस विषयमा कम्पनीहरू बीचको सहमतिमा आवश्यक निर्णय गरिने बताइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)