ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पशुपन्छीहरु एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा निर्दयी व्यवहार नगर्न/नगराउन सर्वोच्चको परमादेश

Feb 11, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
माघ २८, काठमाडौं । पशुपन्छीहरु एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा निर्दयी व्यवहार नगर्न/नगराउन सोमवार सर्वोच्च अदालतले सरकारलाई परमादेश दिएको छ । साथै सर्वोच्चले पशुपन्छीलाई व्यवस्थित गर्नका लागि आवश्यक कानून बनाउन पनि आदेश दिएको छ । न्यायाधीशहरु मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले हाल भइरहेको पशु ढुवानी मापदण्डका प्रावधान कार्यान्वनय गर्न र थप कानून निर्माण गर्न आदेश दिएको हो । यस अघि गत साउन २१ गते न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले पशु ढुवानी मापदण्डको विभिन्न प्रावधान कार्यान्वयन गरी पशु ढुवानी गर्न/गराउन सरकारलाई अन्तरिम आदेश दिएको थियो । नेपालमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन, नियमावली तथा मापदण्ड भएपनि त्यसको पालना नभई पशुपन्छी ढुवानी गर्दा अत्यन्त निर्दयी व्यवहार अपनाइएको उल्लेख गर्दै अधिवक्ताद्धय पदमबहादुर श्रेष्ठ र षट्कोण श्रेष्ठले संयुक्त रुपमा रिट निवेदन दायर गरेका थिए । पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा ९ मा पशु, पशुजन्य पदार्थ पैठारी गर्दा चेकपोष्टको बाटो भएर ओसारपसार गर्नुपर्ने प्रावधान रहेको छ । पशु तथा पशुजन्य पदार्थ चेकपोष्टको बाटो भएर निर्दयी तवरबाट ओसार पसार गरिएको भएपनि त्यसको खासै अनुगमन नगरिएको रिट निवेदनमा उल्लेख गरिएको थियो । यसैगरी पशु ढुवानी मापदण्ड, २०६४ को विभिन्न बुँदाहरुमा पशुहरु ओसार पसार गर्दा विभिन्न सावधानी अपनाउनु पर्ने प्रावधान राखिएको भएपनि त्यसलाई पालना नगरिएको बताइएको थियो । सर्वोच्च अदालतले दिएको आदेशमा मापदण्डको बुँदा १५, १६, १७ र १८ लाई पालना गर्न र गर्न लगाउन उल्लेख गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)