ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. २ अर्बमा दुई एटीआर जहाज भित्र्याउँदै यती एयर

Feb 18, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
सिमरा र धनगढी उडान थप्ने तयारी काठमाडौं । यती एयरलाइन्सले रू. २ अर्ब लगानीमा दुईओटा ‘एटीआर–७२’ जहाज भित्र्याउने भएको छ । कम्पनीले हाल उडान गरिरहेकै गन्तव्यमा थप सुविधा र विश्वसनीय सेवा दिने लक्ष्यसहित ७२ सीट क्षमताका ती जहाज आगामी चैत १७ भित्रै नेपाल ल्याउन लागेको हो । कम्पनीका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईका अनुसार एउटा जहाज फागुन १६ सम्ममा र अर्काे चैत १७ भित्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । एउटा जहाज खरीदका लागि करीब रू. १ अर्ब लगानी भएको उनले बताए । ‘थपिएका जहाजबाट तत्कालका लागि हाल उडान गरिरहेका गन्तव्यमा सेवा दिने योजना छ,’ उनले भने, ‘१ वर्षभित्रमा नयाँ गन्तव्य धनगढीमा अहिले खरीद गरिएका जहाजबाट उडान गर्ने तयारी गरिरहेका छौं ।’ यस्तै, बाराको सिमरा विमानस्थलमा पनि २ महीनाभित्र उडान थाल्ने कम्पनीको तयारी छ । काठमाडौं–सिमरा रूटमा २९ सीटे जेट स्ट्रीम–४१ जहाजबाट उडान थाल्ने तयारी भएको राईले जानकारी दिए । कम्पनीले झापाको भद्रपुर रूटमा हाल भइरहेको उडानमा थप गर्ने भएको छ । ‘आन्तरिक उडानलाई थप बलियो र विश्वसनीय बनाउने रणनीति अनुसार जहाज थप्न लागेका हौं,’ राईले भने । भगिनी संस्था तारा एयरबाट पहाडी क्षेत्रका विमानस्थलहरू (स्टल)मा र यती एयरबाट सुगमका विमानस्थल (ट्रंक रूट)मा सेवा दिँदै आएको छ । दुवैतर्पm गरी नेपालको आन्तरिक उडानमा ठूलो सञ्जाल रहेको कम्पनीको दाबी छ । यती एयरलाइन्ससँग भएका तीनओटा एटीआर–७२ र पाँचओटा जेट स्ट्रीम गरी आठओटा जहाज छन् । जेट स्ट्रीमको सीट क्षमता ३० छ भने एटीआरको ७२ । यस्तै, तारा एयरसँग १९ सीटे दुईओटा डोर्नियर, १९ सीटे नै डी हेविल्यान्ड कम्पनीका तीनओटा ट्वीनअटर र भाइकिङको एक ट्वीअटर गरी ६ ओटा जहाज छन् । अहिले यती एयरलाइन्सले भद्रपुर, तुम्लिङटार, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा र नेपालगन्जमा उडान गर्दै आएको छ । कम्पनीको भगिनी संस्था ताराले लुक्ला, सिमिकोट, जोमसोम, डोल्पा, लामीडाँडा, ताप्लेजुङ लगायत विमानस्थलमा उडान गर्दै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)