ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७३ प्रतिशत नेपाली बीमाको दायरा बाहिर

Mar 8, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
१७% जनसंख्यामा बीमा पहुँच, असारसम्म २०% पुर्‍याउने लक्ष्य काठमाडौं । बीमा समितिको पुस मसान्तसम्मको तथ्यांकअनुसार नेपालको ७३ प्रतिशत जनसंख्या जीवन बीमाको दायराभन्दा बाहिर छ । हालसम्म ४९ लाख ८७ हजार नेपालीले जीवन बीमा गरेका छन्, जुन नेपालको कुल जनसंख्या करीब ३ करोडको झण्डै १७ प्रतिशत हो । जीवन बीमा कम्पनीहरूले जारी गरेको कुल बीमालेखको संख्यामा पाँच प्रतिशत घटाएर समितिले बीमामा पहुँचको मूल्यांकन गरेको हो । दोहोरिने सम्भावना भएकाले कुल जारी बीमालेखमा उक्त आँकडा घटाएर मूल्यांकन गर्ने अन्तरराष्ट्रिय अभ्यास छ । कम्पनीहरूले पुस मसान्तसम्ममा कुल ५२ लाख ५० हजार बीमालेख जारी गरेका थिए । यद्यपि, यसमा वैदेशिक रोजगार म्यादी जीवन बीमालाई भने समावेश गरिएको छैन । त्योसहित बीमाको पहुँच २३ प्रतिशत जनसंख्यामा पुगेको समितिको भनाइ छ । पुस मसान्तसम्म वैदेशिक रोजगार म्यादी बीमामा कुल १६ लाख ५२ बीमालेख जारी भएको छ । नेपालमा बीमा व्यवसाय शुरू भएको ७२ वर्ष भएको छ । यति लामो अवधिमा पनि कम्पनीहरूले बीमाको पहुँच फराकिलो बनाउन सकेका छैनन् । चालू आर्थिक वर्ष (आव) २०७५/७६ को ६ महीनामा बीमा पहुँच १४ प्रतिशतबाट बढेर १७ प्रतिशतमा पुग्नुलाई समितिले उपलब्धिका रूपमा व्याख्या गर्दै आएको छ । कम्पनीहरूको शाखा विस्तारसँगै आम मानिस बीमाप्रति चेतनशील भएकाले पहुँच बढेको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । उनले भने, ‘अहिले सबै जिल्लामा कम्पनीको शाखा र स्थानीय तहमा बीमा अभिकर्ता पुगेका छन्, जसले बीमाको पहुँच बढाउन महŒवपूर्ण भूमिका निर्वाह गरेको छ ।’ आगामी असारभित्र बीमाको पहुँच २० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ ।
न्यून वर्गलाई समेट्न कठिन चिरञ्जीवी चापागाईं अध्यक्ष, बीमा समिति बीमाको पहुँच बढाउन स्थानीय सरकारहरूसँग ‘अवारनेश’ कार्यक्रम गर्दै आएका छौं । त्यसले पनि बीमा पहुँच विस्तार गर्न सहयोग पुगेको छ । न्यून वर्गका व्यक्तिलाई यसको दायरामा ल्याउन कठिन भएको छ । ठूलो जनसंख्याको बीमाशुल्क तिर्ने आर्थिक हैसियत अझै छैन, जुन अझै चुनौतीका रूपमा छ । उक्त जनसंख्यालाई पनि बीमाको दायरामा ल्याउन लघुबीमालाई बलियो बनाउने तयारीमा छौं । ‘इनोभेटिभ प्रडक्ट’ ल्याउनुपर्छ मनोजकुमार भट्टराई प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स पछिल्लो समय बीमाको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ । यद्यपि, ७३ प्रतिशत नेपाली अझै यसको दायरामा छैनन् । उनीहरूलाई दायरामा ल्याउनु बजारको मुख्य चुनौती हो । उक्त जनसंख्यालाई बीमामा आबद्ध गर्न ‘इनोभेटिभ प्रडक्ट’हरू ल्याउनु आवश्यक छ । साथमा बीमाको सेवा सुविधालाई विशिष्टीकरण गर्नुपर्ने पनि देखिन्छ । त्यसपछि बीमाको पहुँच विस्तार गर्न सहज हुने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)