ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयरमा लगानी गर्नेको संख्या १५ लाख

Mar 22, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
धेरै जिल्लामा ब्रोकरको उपस्थिति शून्य काठमाडौं । देशभर शेयरमा लगानी गर्नेको संख्या १४ लाख ६५ हजार ८६ पुगेको छ । तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा ४ लाख ५१ हजार ८३२ र उपत्यका बाहिरका ७४ जिल्लामा १० लाख १३ हजार २५४ छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएसी) ले हालसम्म शेयर किन्न खोलिएका ‘डीम्याट’ खाताको आधारमा यो तथ्यांक निकालेको हो । सीडीएसीका सूचना अधिकृत सुरेश न्यौपानेका अनुसार कुल लगानीकर्तामध्ये ८ लाख ९६ हजार ६२७ पुरुष, ५ लाख ६४ हजार ६७७ महिला र ३ हजार ७८२ कर्पोरेट लगानीकर्ता छन् । यसअनुसार शेयर लगानीकर्तामा पुरूष ६१ दशमलव २०, महिला ३८ दशमलव ५४ र कर्पोरेट शून्य दशमलव २६ प्रतिशत छन् । उपत्यका बाहिर दोलखामा सबैभन्दा बढी ६२ हजार ४५५ जना शेयर लगानीकर्ता छन् । निर्माणाधीन धेरै जलविद्युत कम्पनीहरूमा स्थानीय बासिन्दाले लगानी गरेको देखिन्छ । तर, जिल्लामा हालसम्म एकजना पनि शेयर ब्रोकर छैनन्, जसले गर्दा दोस्रो बजारमा कारोबार गर्न लगानीकर्ताहरू उपत्यकामै केन्द्रित हुनुपरेको छ । दोलखाजस्ता ब्रोकरविहीन धेरै जिल्लाका लगानीकर्ताले जिल्लामै पर्याप्त ब्रोकरको व्यवस्था गर्न माग गर्दै आएका छन् । यसैबीच, ब्रोकर एसोशिएशनले लगानीकर्ता बढी रहेका जिल्लाहरूमा शेयर ब्रोकरको सेवा दिने योजना बनाएको छ । एसोसिएशनका अध्यक्ष भरत रानाभाटले आर्थिक अभियानसँग कुरा गर्दै संस्थालाई ब्रोकरको काम गर्ने वातावरण मिलाइदिन सम्बन्धित निकायसँग अनुरोध गरेको बताए । वातावरण बन्नासाथ आफूहरू सेवा दिन तयार रहेको उनको भनाइ थियो । नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने ब्रोकर कम्पनीहरूले १०० भन्दा बढी शाखा विस्तारका लागि निवेदन दिइसकेको बताए । उनका अनुसार, पूँजीबजार पूर्ण अनलाइन कारोबार प्रणालीमा गइसकेको हुँदा ब्रोकर सम्बन्धी नियमावलीमा केही बुँदाहरू संशोधन गर्नु आवश्यक भएको र त्यो सम्पन्न हुनासाथ शाखा विस्तारका लागि स्वीकृति प्रदान गर्ने बोर्डको योजना छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)