ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संसदको हिउँदे अधिवेशन अन्त्य गर्दै प्रधानमन्त्रीले भने : ऐतिहासिक रेकर्ड बन्यो

Mar 24, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

चैत १०, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आइतवार सम्पन्न भएको छ । यो एक वर्षलाई सरकारले उपलब्धिको वर्षको रुपमा चित्रण गरेको छ भने प्रतिपक्ष दलहरुले अन्यौल र अस्पष्टताको वर्ष भएको टिप्पणी गरेका छन् । संसदको हिउँदे अधिवेशनको अन्तिम बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको एक वर्ष गणतन्त्र कार्यान्वयनको आधार वर्षको रुपमा सफल भएको दाबी गर्नुभयो ।

सरकार भ्रष्टाचार नियन्त्रण, कानूनी शासन स्थापना तथा लोकतन्त्रका आधारभूत मान्यतालाई आत्ससाथ गर्दै अगाडि बढिरहेका प्रधानमन्त्रीको धारणा थियो । प्रधानमन्त्री ओलीले संघीय संसदले एक वर्षको अवधिमा १२६ ओटा ऐन पारित गरेको, १३ ओटा ऐन संशोधन, ४७ ओटा ऐन खोरज र केही नेपाल ऐन संशोधन मार्फत १९३ ओटा कानून पारित भएको संसदलाई जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले यो ऐतिहासिक रेकर्ड भएको बताउँदै संसदमा अझै २६ ओटा विधेयक विचारधिन अवस्थामा रहेको र थप २४ ओटा विधेयकको मस्यौदा तयारीका लागि कानून मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको बताउनुभयो । उहाँले भ्रष्टाचारका विषयमा धेरै कारबाहीहरु प्रभावकारी भएको दाबी गर्दैजो सुकै भएपनि भ्रष्टाचारिलाई नछाडिने बताउनुभयो । प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन, संघीयताको संरचनागत स्वरुप निर्माण, कार्यान्वयन तथा समन्वयका लागि यो वर्ष धेरै काम भएको दाबी गर्नुभयो ।

लगानी सम्मेलनमा ४० देशका ६०० प्रतिनिधी सहभागी हुने सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा ४० देशका ६०० प्रतिनिधी सहभागी हुने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनका लागि सरकारले विभिन्न ७३ ओटा परियोजनातयार गरेको छ । शुरुमा ६३ आयोजना तयार पारिएकोमा पछि ८ परियोजना थप गरी७३ ओटा परियोजना तयार गरिएको लगानी बोर्डले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको कुनै समस्या नहुने समेत बताउनुभयो ।

अन्यौल र अस्पष्टतामै वर्ष बित्यो : प्रतिपक्ष संसदमा प्रधानमन्त्रीले सरकारले असाधारण काम गरेको फेहरिस्त पेश गरिरहँदा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायत अन्य दलहरुले एक वर्ष अन्यौल र अस्पष्टतामै बितेको टिप्पणी गरेका छन् । उनीहरुले सरकारको दाबी अनुसार जनताले भ्रष्टाचार नियन्त्रण,अपराध नियन्त्रण तथा सुशासनको अनुभूति गर्न नसकेको टिप्पणी गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)