ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा लगानीको उपर्युक्त अवसर : सरकार

Mar 31, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल
काठमाडौं । दुई दिनसम्म चलेको सम्मेलनमा सरकारले लगानीकर्तालाई नेपालमा लगानीको उपर्युक्त अवसर भएको भन्दै लगानीका लागि आग्रह गरेको छ । सम्मेलन समापनका अवसरमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल लामो राजनीतिक अस्थिरतापछि आर्थिक समृद्धिको मार्गमा रहेकाले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । उनले नेपाल लगानीका लागि ‘भर्जिन ल्यान्ड’ रहेको भन्दै नेपालमा गरिएको लगानी खेर नजाने प्रतिबद्धता व्यक्त गरे । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले लगानीका लागि आवश्यक नीतिगत व्यवस्था र संरचनागत सुधारको शुरुआत गरेको बताउँदै विदेशी लगानीकर्ताले झन्झटरहित सरकारी सेवा दिलाउन सरकार प्रतिबद्ध रहेको बताए । उद्योगपति विनोद चौधरीले नेपाल लगानीका उपर्युक्त स्थान भएको उल्लेख गर्दै विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । त्यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्टले नेपालको समृद्धिमा गैरआवासीय नेपाली सधै सक्रिय रहने बताए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपाल लगानीकर्तालाई विश्वस्तरीय सुविधा दिन तयार रहेको भन्दै लगानीका लागि कुनै दुविधामा नपर्न आग्रह गरे । उनले सम्मेलनमा व्यक्त प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान कुनै कमी नगरिने बताए । सन् २०१७ मा ससको विश्व आयातमा मात्रै १२ अर्ब डलर रहेबाट यो क्षेत्रमा प्रशस्त सम्भावना रहेको पुष्टि हुन्छ । उपर्युक्त स्थितिमा मुलुकमा सस केचप आदि उत्पादन गर्ने उद्योगको थप विकासको सम्भावना छ । वार्षिक थप रू. ६३ करोडको बजार रहेको यो क्षेत्रमा थप लगानीको सम्भावना पनि देखिएको छ । यस परिस्थितिमा गुणस्तरीय सस उद्योगको विकास गर्नेगरी मुलुकलाई ससका उत्पादनमा आत्मनिर्भर बनाउन आवश्यक छ । यसैगरी, विश्वको सस बजारमा पनि प्रवेश गर्ने सम्भावनालाई समेत दृष्टिगत गर्दै निर्यात गर्ने नीति अंगीकार गर्नु पनि आवश्यक छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)