ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमै पहिलोपटक मिनि पानी जहाजको निर्माण

Mar 31, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

चैत १७, विराटनगर । नेपालमै पहिलो पटक जेटबोटको निर्माण गरिएको छ । सुुन्दरहरैचा नगरपालिका १२ मा रहेको जय लक्ष्मी फाइबर उद्योग बलीया र जीडिएस फाइबर वल्र्ड विराटनगरको सहकार्यमा करीब रू.२ करोडको लागतमा मिनि पानी जहाज अर्थात जेटबोट निर्माण गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भेडेटार–राँके सडकको शिलान्यास गर्ने क्रममा सप्तकोशी नदीमा चाँडै पानीजहाज आउने घोषणा गर्नुभएको थियो। प्रधानमन्त्रीले पानी जहाजको कार्यालय स्थापना पनि गर्नुभयो । उहाँले सप्तकोशीमा पानी जहाज चलाउन सकिन्छ भनीरहंदा नेपालकै युवाहरुले मिनि पानी जहाज अर्थात जेटबोट निर्माण गरेका हुन् ।

अवसर पाए नेपाली युवाले जे पनि गर्न सक्छन भन्ने गतिलो उदाहरण दिदैं यहांका युवा इञ्जिनियरहरूले पहिलो पटक मिनि पानीजहाज निर्माण गरेका हुन् । जहाज करीब रू. २ करोडको लागतमा बनेको निमार्ण कम्पनीले जानकारी दिएको छ । सगरमाथाको उचाईको नाम, माउन्ट ८८४८ मिटर नाम दिइएको सो जेटबोट नेपालकै ठूलो नदी सप्तकोशीमा सफल परिक्षण समेत गरिएको जय लक्ष्मी फाइबर उद्योगका सञ्चालक लेखराज रिजालले बताए । नेपालमै जेटबोट बनाउँदा रू. १ करोड पचास लाख जोगिने इञ्जिनियरसमेत रहेका रिजाल बताउँछन् ।

उनका अनुसार इञ्जिन र जेटबाहेकका जेटबोटका संरचना विदेशबाट खरीद गर्दाको मूल्य, यातायात र अन्य खर्च गरेर लाग्ने रकम बच्दा रू. १ करोड पचास लाख जोगिन्छ । विदेशबाट ल्याइने जेटबोटको पूर्ण प्याकेज खरिदमा रू. ३ करोड लाग्नेमा नेपालमै बन्दा रू. १ करोड पचास लाखमै बन्न लागेको रिजालले बताए । उनले भने, ‘यो पहिलो प्रोजेक्ट भएकाले हामीले नाफा नराखी बनाएका हौं  तर नाफा राखेर बनाउँदा पनि विदेशकोभन्दा कम्तीमा रू. १ करोड फाइदा हुन्छ ।’ यहि बर्षको जेठ २२ गते दर्ता भएको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन नामक जलयात्रा गराउने कम्पनीले जेटबोट बनाएको हो ।

काठमाडौं विश्व विद्यालयबाट मेकानिकल इन्जिनियरिङ गरेका सुमन खत्री र भारतबाट सोहि विषय पढेका इञ्जिनियर लेखराज रिजालले नेपालको पहिलो जेटबोट बनाएका हुन । छोटो समयमै लोकप्रियता हासिल गरेको जेटबोट यस अघि बिदेशि मुलुकहरूबाट कोशी नदीमा भित्रिएका थिए । कोशीमा जेटबोट चलाएको देखेपछि यस्तै बोट बनाउन सकिने बिश्वासका साथ गत कार्तिक पहिलो साताबाट निर्माण सुरू गरिएको बताउँँदै खत्रीले जहाज तोकिएको समयमै बनाउन सकिएको बताए । एक पटकमा ३० जनासम्म यात्रुहरू बोकेर कोशीलगायत ठूला नदीहरूमा चलाउन सकिने जेटबोट फाइबरबाट बनेको छ ।

अत्याधुनिक प्रविधि तथा मेसिनरी पार्टहरू जडान गरी बनाइएको जेटबोट  सफल भए ३ महिना भित्रै पुनः अर्काे जेटबोट निर्माण सक्ने गरी काम सुरू गरिने इञ्जिनियर रिजालले बताए । उनका अनुसार कोशीमा चल्ने मिनि पानी जहाजको तुलनामा यो जहाज धेरै प्रकारले फरक छ । जहाजले पर्यटन प्रवर्धनमा समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)