ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सांग्रिला होटल एन्ड रिसोर्ट : २ वर्षभित्र वेगनासमा नयाँ रिसोर्ट

Apr 3, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । सांग्रिला होटल एन्ड रिसोर्ट कम्पनीले कास्कीको बेगनासमा निर्माणाधीन नयाँ होटल ‘लस्ट होराइजन’ २०७७ चैत मध्यसम्ममा सञ्चालनमा ल्याउने भएको छ । उक्त होटलमा ६१ ओटा कोठा हुनेछन् । कम्पनीका एरिया महाप्रबन्धक समीर बनर्जीका अनुसार पूर्ण पर्यावरण मैत्री र लक्जरियस होटल ‘लस्ट होराइजन’मा पाँचतारे स्तरको सुविधा हुनेछ । उक्त होटलमा दिगो ऊर्जा र त्यसको बचत, ईएसओ १९००० गुणस्तरको मापदण्ड लगायत पक्षको कार्यान्वयनमा विशेष ध्यान दिइएको बनर्जीको भनाइ छ । प्राइभेट स्वीमिङ पुल, हेलिप्याड जस्ता सुविधा पनि होटलमा रहनेछन् । यस्तै, कम्पनीले चितवन राष्ट्रिय निकुञ्ज र काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज आसपासमा पनि होटल तथा रिसोर्ट सञ्चालन गर्ने योजना बनाएको छ । ती दुवै परियोजना कम्पनीको पाइपलाइनमा छन् । बेगनासको ‘लस्ट होराइजन’ सफलतापूर्वक सञ्चालनमा आएपछि ती दुई परियोजनामा काम थाल्ने योजना रहेको बनर्जीले बताए । फरकफरक कम्पनी भए पनि तीनओटै परियोजनाको व्यवस्थापन सांग्रिलाले नै गर्ने उनले जानकारी दिए । यसअघि कम्पनीले पोखराको घारीपाटनमा ‘सांग्रिला भिलेज रिसोर्ट’ सञ्चालन गरिरहेको छ । काठमाडौं लाजिम्पाटस्थित सांग्रिला होटलमा पनि कम्पनीले ‘रूम रेनोभेशन’को काम अगाडि बढाएको छ । एक सय कोठा रहेको उक्त होटलका दोस्रो र तेस्रो तला तथा रुम्स कोरिडोरमा रेनोभेशनको काम भइरहेको कम्पनीले जानकारी दिएको छ । होटलमा कर्मचारी र कामदार गरी २ सय जनाभन्दा बढी कार्यरत छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)