ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शीप परीक्षणमा आकर्षण कम

Apr 17, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
४६५ जनाको परीक्षण शुरू, दोस्रो चरणमा पनि खुलाइने काठमाडौं । सरकारले विदेशबाट फर्किएकाहरूको शीप परीक्षण गर्ने योजना ल्याए पनि आकर्षण कम देखिएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार विभिन्न प्रकारका शीप प्रमाणीकरणका लागि ४६५ ओटा मात्रै निवेदन परेका छन् । निवेदन दिएकाहरूको मंगलवारदेखि शीप परीक्षणको काम शुरू भएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार वैशाख ७ सम्म विभिन्न चरणमा सातै प्रदेशमा शीप परीक्षण गरिनेछ । चालू आर्थिक वर्ष २०७५/७६ को बजेटमा समावेश कार्यक्रम अनुसार विदेशमा विभिन्न शीप आर्जन गरेर फर्केका युवाको शीप प्रमाणीकरण गरी आन्तरिक श्रम बजारमा रोजगारीका अवसर प्राप्त गर्ने उद्देश्यले सरकारले शीप परीक्षण थालेको श्रेष्ठ बताए । आकर्षण कम देखिएपछि दोस्रो चरणमा पनि आवेदन मागिने उनको भनाइ छ । ‘पहिलो चरणमा उत्साहजनक सहभागिता भएन, दोस्रो चरण उत्साहजनक हुने विश्वास छ,’ श्रेष्ठले भने । गत मंसिर ११ देखि २० प्रकारका शीपको निःशुल्क परीक्षणका लागि बोर्डले आवेदन मागेको थियो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् मातहतको राष्ट्रिय शीप विकास समितिले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको शीप परीक्षण गरी प्रमाणपत्र उपलब्ध गराउनेछ । उक्त प्रमाणपत्र लिएकाहरूलाई स्वरोजगार बन्न अभिप्रेरित गरिने बोर्डले जानकारी दिएको छ । शीप परीक्षणमा सफल हुनेलाई सम्बन्धित शीपको तह–१ उत्तीर्ण बराबरको प्रमाणपत्र दिइनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)