ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल भ्रमण वर्षलाई १० करोड बजेट

Apr 17, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० का लागि चालू आर्थिक वर्षमा रू. १० करोड बजेट स्वीकृत भएको छ । भ्रमण वर्ष मूल आयोजक समितिका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत बिहीवार सिंहदरबारमा बसेको बैठकले बजेट स्वीकृत गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि भ्रमण वर्षको कार्यक्रमले गति लिन सकेको थिएन । बजेट विनियोजन भए पनि खर्च गर्ने कार्यविधि र कार्यक्रम स्वीकृत नहुँदा भ्रमण वर्षका काम प्रभावित भएका थिए । अब बजेट र कार्यक्रम स्वीकृत भएकोले भ्रमण वर्षका काम विना अवरोध अघि बढ्ने सचिव सापकोटाले बताए । बैठकले बजेट तथा कार्यक्रममा आवश्यकता अनुसार स्वीकृत शीर्षकमा राष्ट्रिय कार्यक्रम संयोजकलाई १० प्रतिशतसम्म र कार्यक्रम कार्यान्वयन उपसमितिलाई थप १५ प्रतिशतसम्म रकमान्तर गर्न अख्तियारी दिने निर्णय गरेको भ्रमण वर्षका संयोजक सुरज वैद्यले जानकारी दिए । उनले भने, ‘प्रक्रियागत समस्याका कारण काममा केही ढिलाइ भएकै हो । अब कार्यक्रम र बजेट स्वीकृत भएको छ । सचिवालयको टुंगो लागेको छ, तीव्र रूपमा काम अघि बढाउँछौं ।’ सचिवालयका सदस्यसचिव तथा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले वैशाख १ गते पोखराबाट भ्रमण वर्षको अनौपचारिक शुरुआत गरिएको र अब क्रमशः प्रवर्द्धनात्मक कामहरू अघि बढ्ने बताए ।

पर्यटनको लागि सातै प्रदेशमा सम्मेलन पर्यटन उद्योगमा लगानी आकर्षित गर्न सन् २०१९ मा सातै प्रदेशमा पर्यटन लगानी सम्मेलन आयोजना गर्ने तयारी भइरहेको संयोजक वैद्यले जानकारी दिए । आगामी असोजमा लगानी सम्मेलन गर्ने गरी तयारी गरिएको उनले बताए । सरकारले गत महीना मात्रै लगानी सम्मेलन सम्पन्न गरिसकेको छ । तर, सरकारले गरेको लगानी सम्मेलनमा पर्यटन क्षेत्रको एउटा परियोजनामा मात्र वैदेशिक लगानी आकर्षित भएको छ । सोकेशमा राखिएका अन्य पर्यटन परियोजनामा वैदेशिक लगानी आकर्षित भएन । नेपालमा सबैभन्दा बढी रोजगारी सृजना गर्ने क्षेत्र पर्यटन भएकोले यस क्षेत्रमा लगानी गर्न र पर्यटनलाई विकेन्द्रित गर्न लगानी सम्मेलनको अवधारणा अघि सारिएको वैद्यले बताए । यसैबीच, नेपाल भ्रमण वर्षको सचिवालय लैनचौरस्थित केशरमहलमा रहने टुंगो लागेको छ । शताब्दी पुरानो ऐतिहासिक स्थलमा सचिवालय राख्दा नेपाली सम्पदाको संरक्षण हुने भएकोले केशरमहलमा सचिवालय स्थापना गरिएको संयोजक वैद्यले बताए । प्रक्रियागत समस्याका कारण भ्रमण वर्षको काममा केही ढिलाइ भएकै हो । अब हामी तीव्र रूपमा काम अघि बढाउँछौं । पर्यटन उद्योगमा लगानी आकर्षित गर्न सन् २०१९ मा सातै प्रदेशमा पर्यटन लगानी सम्मेलन आयोजना गर्ने तयारी भइरहेको छ ।  
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)