ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समृद्धि हासिल गर्ने हो भने वित्तीय अनुशासन हुनैपर्छ : गभर्नर नेपाल

Apr 22, 2019  
प्रदेश समाचार सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

वैशाख ९, धनगढी । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले सुदूरपश्चिम प्रदेश सबै आर्थिक परिसूचकले पछाडी देखिएको बताएका छन् । आफ्नो खेतबारी बाझो राखेर छिमेकी मुलुक भारतका खेतबारीमा फलेका तरकारी किनेर उपभोग गर्ने हाम्रो नियतका कारण मुलुक आयातमा निर्भर बन्न पुगेको उनले बताए । गैर आवासीय संघ (एनआरएन)को लगानीमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक राष्ट्रिय स्तरको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्था एनआरएन लघु वित्त वित्तीय संस्था लिमिटेड केन्द्रिय कार्यालय धनगढीको उद्घाटन गर्न धनगढी आइपुगेका गभर्नर नेपालले वित्तीय अनुशासन र वित्तीय सु–शासन कायम गर्न नसकेसम्म आर्थिक रुपमा मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताए ।

तुलनात्मक रुपमा गरिबी बढी भएको र सबै दृष्टिकोणबाट पछाडि परेको क्षेत्र सुदूरपश्चिम प्रदेश नै भएकाले वित्तीय साक्षरता यो प्रदेशका लागि बढी महत्वपूर्ण देखिएको उनले बताए । ‘२०४७ सालमा म सुदूरपश्चिम आउँदा कञ्चनपुरको महेन्द्रनगर आसपासका बगरहरुमा भारतका सरदारहरुले तरकारी खेती गरेर यहाँका किसानलाई विक्री गर्दै आएको जुन अवस्था थियो, अहिले पनि त्यही अवस्था छ,’ उनले अनुभव सुनाए । ५० लाख नेपाली विदेशमा काम गरिरहेको बताउँदै गभर्नर नेपालले भने, नेतालाई गाली गरेर हामी गन्तव्यमा पुग्न नसकिने धारणा राखे । पैसा पनि आफ्नै देशमा कमाउन सकिन्छ, सुख पनि आफ्नै देशमा खोज्न सकिने भएकाले देश निर्माणमा लाग्न उनले आग्रह गरे । ‘नेपालमा पैसाको कमि छैन, वित्तीय अनुशासन मात्रै कायम गर्न सक्ने हो भने छोटो समयमै आर्थिक रुपमा सम्पन्न बन्न धेरै समय लाग्दैन,’ उनले भने ।

कार्यक्रममा एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिव इन्द्रकुमार शाहले संस्था सञ्चालनको दुई महीनामा अपेक्षाअनुरुपको प्रगति हासिल भएको बताए । उनका अनुसार यो अवधिसम्ममा १२ जिल्लामा शाखा विस्तार गरेर २५ शाखा स्थापना गरिएको छ । ४१ ओटा नपा÷गापामा गरी ३५६ केन्द्र तथा १ हजार ३५६ समूह गठन गरिसकेको उनले जानकारी गराए । यो अवधिसम्ममा एनआरएनका ४ हजार २०५ सदस्य संख्या पुगेको छ । संस्थाले रू. ६ करोड ६ लाख ७५ हजार कर्जा लगानी गरेको तथा अनिवार्य बचततर्फ रू. ४७ लाख रहेको सचिव शाहले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)