ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिभुवन विश्वविद्यालयमा रू.२१ अर्ब बेरुजु, तत्काल फछ्र्यौट गर्न निर्देशन

Apr 23, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

वैशाख १०, विराटनगर । त्रिभुवन विश्वविद्यालय अन्तरगतका आंगिक क्याम्पस र कार्यालयहरुमा बेरुजु रकम रू.२१ अर्ब पुगेको छ । विश्वविद्यालयमा बेरुजु रकम रू.१९ अर्बबाट बढेर रू.२१ अर्ब पुगेपछि बेरुजु व्यवस्थापनमा कडाई गर्न निर्देशन दिइएको छ ।

यसमा करिब ८५ प्रतिशत सैद्धान्तिक बेरुजु रहेकाले तत्काल फछ्र्यौट गर्न त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले कर्मचारीहरुलाई निर्देशन दिएका हुन् । त्रिभुवन विश्वविद्यालयले विराटनगरमा आयोजना गरेको आर्थिक तथा बेरुजु व्यवस्थापन कार्यक्रममा रजिष्ट्रार उप्रेतीले त्रिभुवन विश्वविद्यालयको शैक्षिक, प्रशासनिक र आर्थिकक्षेत्रमा बेथिति रहेका कारण सुशासन आवश्यक भएको बताए ।

अस्वभाविक रुपमा बढ्दै गएको बेरुजु न्यून गर्न लेखा तथा प्रशासन प्रमुखहरुलाई उनले निर्देशन दिएका हुन् । सरकारी अनुदानमा संचालन भइरहेको त्रिभुवन विश्वविद्यालयको बेरुजु बढ्दै गएपछि आम्दानी, खर्च र धरौटी गरी तीन ओटा मात्र खाता संचालन गर्न सम्बन्धित् कार्यालयहरुलाई निर्देशन दिएकोमा त्यो अझै कार्यान्वयनमा आउन सकेको छैन ।

दुई दिने सो कार्यक्रममा प्रदेश नम्वर १ का १४ जिल्लाका त्रिभुवन विश्वविद्यालयका १३ ओटा आंगिक क्याम्पस र एक ओटा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका प्रशासन र लेखा प्रमुखहरुको सहभागिता रहेको छ । बेरुजु घटाउने कार्यालयलाई पुरस्कारको समेत व्यवस्था गरिएको सो अवसरमा जानकारी दिइयो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)