ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धनगढी विमानस्थल एक महीना बन्द गरिँदै

May 1, 2019  
प्रदेश समाचार सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशमा नियमित रूपमा सञ्चालित धनगढी विमानस्थल एक महीनाका लागि बन्द गरिने भएको छ । धावनमार्ग मर्मतका लागि सो अवधिभर सबै उडान बन्द गर्न लागिएको विमानस्थल कार्यालय धनगढीले जानकारी दिएको छ । वैशाख २२ गतेदेखि जेठ २१ गतेसम्मका लागि विमानस्थलमा उडान बन्द गर्ने निर्णय भएको छ । धावनमार्ग निर्माण तथा मर्मतका लागि ठेक्का सम्झौता गरिएको निर्माण कम्पनीसँग एक महीनासम्म हवाई सेवा बन्द गर्ने सम्झौता भने भएको छैन । कार्यालयका अनुसार अहिले धनगढी–काठमाडौं रुटमा नेपाल एयरलाइन्सले हप्ताको दुई दिन तथा बुद्ध एयरलाइन्स र श्री एयरलाइन्सले दैनिक दुई/दुई उडान गर्दै आएका छन् । उडान बन्द भए धनगढीदेखि नेपालगञ्जसम्म सडक यात्रा र त्यसपछि मात्रै हवाई यात्रा गर्नुपर्ने बुद्ध एयरलाइन्सका धनगढी इन्चार्ज बुधराम चौधरीले बताए । दैनिक करीब चार सय यात्रुले धनगढी–काठमाडौं तथा काठमाडौं–धनगढीको यात्रा गर्दै आएकोमा उक्त सेवा एक महीना बन्द हुँदा पर्यटन व्यवसाय र यात्रुलाई ठूलो सास्ती हुने पर्यटन व्यवसायी मायाप्रकाश भट्टले बताए । हवाई सेवा नै वन्द गरेर निर्माण गर्नु राम्रो सन्देश नभएको उनको गुनासो छ । अन्य विमानस्थल मर्मत हुँदा पनि सञ्चालन भएकाले धनगढी विमानस्थललाई पनि बन्द नगर्न स्थानीयले आग्रह गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)