ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोशी अंचल अस्पतालमा प्रसूतीगृह बन्दै

May 5, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर  । विराटनगरस्थित कोशी अञ्चल अस्पताल परिसरमा प्रसूतीका लागि छुट्टै प्रसुतीगृह निर्माण हुने भएको छ । अमेरिकी राजदूतावास, अमेरिकी सेना लगायतको आर्थिक सहयोगमा निर्माण हुन लागेको सो प्रसुतीगृहको कुल लागत रू. १२ करोड रहेको छ । १ वर्षभित्र निर्माण सक्ने लक्ष्य रहेको प्रसुतीगृह १ सय शैय्याको हुने बताइएको छ । ३ कठ्ठा जमीनमा निर्माण हुन लागेको प्रसुतीगृह दुईतले हुने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोशन पोखरेलले बताए । शुक्रवार एक क्रमका बीच संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले प्रसुतीगृहको शिलान्यास गरेका थिए । उक्त प्रसुतीगृहमा प्रसुतीका लागि आवश्यक सबै सुविधा उपलब्ध हुने बताइएको छ । उक्त प्रसुतीगृहका निर्माणपछि पूर्व क्षेत्रकै गरीब विपन्न वर्गका वासिन्दाका लागि सुविधा हुने अस्पतालले बताएको छ । प्रसुतीगृहतको शिलान्यास गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले कोशी अंचल अस्पतालको सेवा सुविधा विस्तार गर्न संघीय सरकार लागिपरेको बताए । उनले अस्पतालमा सेवा विस्तारका लागि विराटनगर महानगरपालिका र प्रदेश सरकारलाई जग्गा उपलब्ध गराउन आग्रह गरे । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर स्वास्थ्य क्षेत्रको हब बन्दै गरेको बताए । उनले कोशी अञ्चल अस्पताल जीर्ण भएको बताउँदै यसको विकास र विस्तारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता गरे । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरीब र विपन्न वर्गको अस्पताल भनेर चिनिएको कोशी अंचल अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि स्थानीय सरकारको हैसियतले महानगरपालिका सहयोग गर्न तयार रहेकोे बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)