ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

केशरमहलमा भ्रमण वर्ष २०२० को सचिवालय : धमाधम सजाइँदै छ ऐतिहासिक भवन

May 12, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को सचिवालय ठमेलस्थित केशरमहलमा रहने टुंगो लागेसँगै उक्त ऐतिहासिक भवनलाई धमाधम सिंगारिँदै छ । सचिवालयका लागि घर भाडामा लिन सूचना जारी गरेको सचिवालयले अन्ततः केशरमहलको पुस्तकालयमा बस्ने निर्णय गरेपछि रंग रोगन शुरू गरिएको हो । अहिले सचिवालयका लागि उपलब्ध भवनलाई सजाउने काम धमाधम भइरहेको छ । शताब्दी पुरानो ऐतिहासिक स्थलमा सचिवालय राख्दा नेपाली सम्पदाको संरक्षण हुने भएकाले केशरमहल रोजिएको भ्रमण वर्षका संयोजक सुरज वैद्यले बताए । २०७२ सालको महाभूकम्पले पुस्तकालयको पछाडिको भवनमा धेरै क्षति पुगेको थियो । उक्त भवन बस्न नमिल्ने अवस्थामा छ । तर, सचिवालयका लागि उपलब्ध गराइएको भवन बस्नलायक रहेकाले सचिवालयलाई प्रयोग गर्न दिइएको केशर पुस्तकालयले जानकारी दिएको छ । सचिवालयलाई उपलब्ध गराइएको भवनमा स्वर्गीय केशरसमशेर राणाले प्रयोग गरेका दराज, कुर्सी, टेबलदेखि शताब्दी पुराना विभिन्न सामग्री राखिएका छन् । ती वस्तुहरू आफैंमा पर्यटकीय महŒवका भएकाले तिनको संरक्षण आवश्यक भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । यो स्थानलाई भ्रमण वर्षको सचिवालय बनाउँदा यसको ऐतिहासिक पक्ष थप उजागर हुने उनको बुझाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)