ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिम प्रदेश : औषधि र उपकरण खरीदमा अनियमतिता नगरेको स्पष्टीकरण

May 14, 2019  
प्रदेश समाचार सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट
धनगढी । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट, जेनेरेटर, अस्पतालसम्बन्धी उपकरण तथा निःशुल्क वितरण गरिने औषधि खरीदमा अनियमितता नभएको बताएको छ । सोमवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सञ्चारमाध्यममा प्रकाशित मन्त्रालयको अनियमितता सम्बन्धी समाचारको खण्डन गरेका हुन् । चालू आर्थिक वर्ष २०७५/७६ को विनियोजित साढे ८ करोड रुपैयाँ बजेटबाट उक्त सामग्री खरीदका लागि मन्त्रालयले विभिन्न मितिमा सूचना प्रकाशित गरी खरीद सम्झौता गरिरहेको र कुनै अनियमितता नभएको मन्त्री सुवेदीले दाबी गरे । औषधि र उपकरण खरीदका लागि कुल ८ करोड ५२ लाख ५५ हजार बजेट रहेको बताइएको छ । मन्त्रालयले कानूनअनुसार काम गरिरहेका बेला अनियमितताको प्रसंगले आफू सशंकित बनेको मन्त्री सुवेदीले बताए । ‘यो विषयले म किन मन्त्री बने हुँला भन्ने पनि लागिरहेको छ,’ उनले भावुक हुँदै भने, ‘मलाई मेरो निर्वाचन क्षेत्रका ७ सय जनाले फोन गरिसके, म निकै पीडामा छु ।’ ७१ प्रकारका औषधि र सर्जिकल सामग्री गरी १३१ प्रकारका वस्तु आवश्यक परेकोमा दुईटा औषधि नेपालमा उपलब्ध नभएकाले ती औषधिको नाम हटाउनु परेको मन्त्रालयको भनाइ छ । प्रदेशमा १ अर्ब मूल्यबराबरको औषधिको माग भए पनि पर्याप्त बजेट नहुँदा मागअनुसार खरीद गर्न मन्त्रालय सक्षम नभएको बताइएको छ । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयपछि सबैभन्दा बढी बजेट र कार्यक्रम भएको मन्त्रालय सामाजिक विकास मन्त्रालय हो । तर, पूँजीगत खर्च प्रगति अपेक्षाकृत हुन नसकेको मन्त्रालयले स्वीकार गरेको छ । वैशाख दोस्रो सातासम्म मन्त्रालयले २४ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च गर्न सकेको मन्त्रालयका निमित्त सचिव झंकरबहादुर विष्टले बताए । मन्त्रालयसँग सयौं योजना रहे पनि सो अनुरूप काम नभएपछि मन्त्रालयले बजेटको रकमान्तर गरी जथाभावी रूपमा खर्च गर्न लागेको गुनासो प्रदेशवासीले गर्दै आएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)