ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाह्रौं अन्तरराष्ट्रिय सगरमाथा दिवस : सगरमाथाबाट ११ हजार किलो फोहोर संकलन

May 29, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । बाह्रौं सगरमाथा दिवसको अवसर पारेर सरकारले आयोजना गरेको सगरमाथा सरसफाइ अभियानमा १० हजार ८२४ किलो फोहोर संकलन गरिएको छ । आठ जना शेर्पाहरूले सगरमाथाको फोहोर संकलन गरेका थिए । सरसफाइका क्रममा चार ओटा शव पनि भेटिएको छ । वैशाख १ गतेदेखि शुरू गरेको सफाइ अभियान सोमवार नाम्चेमा समापन गरिएको छ । यसअघि विभिन्न संघसंस्थाले सगरमाथाको सरसफाइ गरे पनि सरकारको अगुवाइमा पहिलो पटक फोहोर संकलन गरिएको हो । यसमध्ये ४ हजार किलो फोहोर काठमाडौं ल्याइ सकिएको नेपाल पर्वतारोहण संघ (एनएमए) ले जानकारी दिएको छ । संकलित फोहोरलाई ‘रिसाइक्लिङ’ गर्ने कम्पनीहरूलाई प्रदान गरिने संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए । संकलित शवलाई डीएनए परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको उनले बताए । ४ सयले गरे सगरमाथा आरोहण, ३६ करोडभन्दा बढी रोयल्टी संकलन यो सिजनमा ४ सय जनाभन्दा बढीले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जानकारी दिएको छ । यसबाट मात्र ३६ करोड १४ लाख ९८ हजार ३२१ रुपैयाँ रोयल्टी संकलन भएको छ । ३० वैशाखदेखि शुरू भएको वसन्त ऋतुको आरोहण जेठ ११ गतेसम्म चलेको थियो । यो सिजनमा ४४ अनुमतिमार्फत ३८१ जनाले पर्यटन विभागबाट सगरमाथा आरोहणको अनुमति लिएका थिए । आरोहीसँगै सहयोगी पनि बढी हुने भएकोले यो संख्या बढेको हो । यस पटकको आरोहणका क्रममा आरोही, शेर्पा सरदार लगायत गरी १६ जना मृत्यु÷हराएकोे विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म ४१ करोड २८ लाख ८४ हजार रकम रोयल्टी संकलन भएको छ । सगरमाथा आरोहणको रोयल्टी समेत फरक ऋतुमा फरकफरक नै छ । विभागका अनुसार विदेशी नागरिकले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । शरद ऋतुमा ५ हजार ५ सय डलर र गर्मीयाममा २ हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । नेपाली आरोहीले वसन्त ऋतुमा रू. ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मीयाममा रू. १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ । एडमण्ड हिलारीकी छोरी नेपाल आउँदै सगरमाथा दिवसका अवसरमा सरकारले विभिन्न आरोही तथा आरोहणमा योगदान दिएका व्यक्तिलाई सम्मान गर्ने भएको छ । तीन जना आरोही तथा उद्धार कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेका एक जना गरी चार जनालाई नगद रकमसहित सम्मान गर्ने गुरुङले जानकारी दिए । सगरमाथा दिवस प्रत्येक वर्ष मे महीनाको २९ तारिखमा मनाइन्छ । यो अवसरमा सगरमाथाको पहिलोपटक आरोहण गर्ने एडमन्ड हिलारीकी छोरी सारा हिलारी पनि सहभागी हुने गुरुङले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)