ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमै विद्युतीय सवारी एसेम्बल गर्दै बेला मोटर्स

May 31, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं
काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिएसँगै नेपालमै यस्ता सवारीसाधन एसेम्बल गर्नेतर्पm लगानीकर्ता आकर्षित भएका छन् । बेला मोटर्स तिनैमध्येको एक कम्पनी हो, जसले विगत ८ महीनादेखि नेपालमै विद्युतीय मोटरसाइकल र स्कूटर एसेम्बल गर्दै आएको छ । कम्पनीले काठमाडौंको बालुवाटारस्थित आप्mनै ग्यारेजमा सवारी एसेम्बल गर्दै आएको छ । कम्पनीका मार्केटिङ म्यानेजर राजेश महर्जनका अनुसार हाल २ हजार वाटका ड्युरो, एस्ट्रो, ग्लोरिया र डोल्सी गरी चार प्रकारका स्कूटर तथा ३ हजार वाटका टी फाइभ र टी थ्री मोटरसाइकल एसेम्बल गर्दै आएको छ । हालसम्म कम्पनीले ४० ओटा मोटरसाइकल र २८० ओटा स्कूटर गरी ३२० ओटा सवारी एसेम्बल गरिसकेको छ । एसेम्बल भएका २५६ ओटा सवारी विक्री भइसकेको कम्पनीले बताएको छ । कम्पनीले एसेम्बल गरेका सबै प्रकारका स्कूटरको मूल्य रू. १ लाख ३० हजार छ । यस्तै, टी थ्री र टी फाइभ मोडलका मोटरसाइकलको मूल्य क्रमशः रू. १ लाख ६० हजार र रू. २ लाख १० हजार राखिएको छ । बेला मोटर्सले २०७४ फागुन १३ मा वार्षिक ५ सय सवारी एसेम्बल गर्ने लक्ष्य राखी अनुमानित २० करोड लागतमा एसेम्बल उद्योग स्थापना गरेको हो । त्यसका लागि कम्पनीसँग सात जना प्राविधिक छन् । कम्पनीले शुरूमा सात जना चिनियाँ प्राविधिकद्वारा एसेम्बल थालेको थियो । २ महीनादेखि नेपाली प्राविधिकबाटै मोटरसाइकल र स्कूटर एसेम्बल गराइरहेको छ । कम्पनीका अनुसार नेपाली प्राविधिकले मात्र हालसम्म मोटरसाइकल र स्कूटर गरी २०० ओटा एसेम्बल गरिसकेका छन् । चिनियाँ कम्पनी ‘बेला सिच्युयन कम्पनी’को ७५ प्रतिशत र नेपाली २५ प्रतिशत लगानीमा अध्यक्ष केशुनध्वज कार्कीले १ वर्षअघि एसेम्बलको काम थालेका थिए । कम्पनीले आगामी योजनाका लागि लगानी ५०–५० प्रतिशत गर्ने लक्ष्य लिएको छ । हाल एसेम्बलका लागि प्राविधिकसहित थप आठ जना अन्य कर्मचारी पनि छन् । कम्पनीले ७ महीनाभित्र निर्माण सक्नेगरी हेटौंडामा कम्पनीको एसेम्बल प्लान्ट निर्माणाधीन छ । कम्पनीले निर्माण गरेका मोटरसाइकल र स्कूटरमा एलईडी एसिड ब्याट्री राखिएको छ । भविष्यमा एसेम्बल गरिने साधनमा लिथियम ब्याट्री प्रयोग गर्न लागिएको अध्यक्ष कार्कीले बताए । एलईडी ब्याट्रीको तुलनामा लिथियमको आयु लामो हुने भएकाले कम्पनीले ब्याट्री परिवर्तन गर्न लागेको हो । एसेम्बल प्लान्ट निर्माणपछि एसेम्बल संख्या वृद्धि गर्ने योजना बनाएको कम्पनीले स्थानीय क्षेत्रमा रोजगारी सृजना गरी सस्तो मूल्यमा विद्युतीय मोटरसाइकल र स्कूटर बेच्ने लक्ष्य राखेको छ । सवारी एसेम्बलमा लगानीकर्ता आकर्षित नेपालमै गाडी एसेम्बल गर्न कोरियाली कम्पनी मोट्रेक्सको रू. १० अर्ब ५४ करोड लगानी स्वीकृत भएपछि नेपालमा गाडी एसेम्बलको चर्चा हुन थालेको छ । नेपाली उद्यमीहरू एसेम्बलमा लगानी गर्न इच्छुक देखिएका छन् । हालै मात्र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ≈युन्देका कार नेपालमा एसेम्बल गर्न उद्योग दर्ता गरेको छ । टीभीएसको एसेम्बल प्लान्ट अन्तिम चरणमा पुगेको छ भने हुलास मोटर्सले डिस्कोभर १२५ मोटरसाइकल नेपालमै एसेम्बल गरिरहेको छ । हालसम्म नेपालमा २० ओटा कम्पनी भेहिकल एसेम्बलका लागि उद्योग विभागमा दर्ता भइसकेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)