ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आव २०७६/७७ को बजेट : कार्यान्वयनमा उतार्न सुझाव

Jun 2, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ १८, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ राजस्व र व्ययको बजेट आर्थिक समृद्धि हासिल गर्न आएको हुँदा यसलाई कार्यान्वयनमा उतार्न सरकारलाई सुझाव दिइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले गत जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गरेको बजेटमाथि टिप्पणी गर्दै सत्तारुढ सांसदले बजेटले ज्येष्ठ नागरिक भत्ता वृद्धि, पूर्वाधार विकास, सामाजिक क्षेत्रमा बजेट वृद्धि सकारात्मक भएको बताए ।

प्रमुख प्रतिपक्षी दलका सांसदले बजेट कार्यान्वयन हुन नसक्ने, वितरणमुखी आर्थिक समृद्धि हुन नसक्ने, सबैलाई खुशी पार्न आएको र आर्थिक सामाजिक रुपान्तरण गर्न नसक्ने टिप्पणी गरे । प्रतिनिधिसभाको आइतवारको बैठक आव २०७६/७७ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिँदै सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले आ आफ्नो भनाइ राखेका हुन् । बैठकको शुरुमा अर्थमन्त्री खतिवडाले यसअघि चालू आवमा सात प्रतिशत वृद्धि गर्ने लक्ष्य लिए पनि त्योभन्दा बढी हासिल गर्न सकिने बताए । उनले लक्षित आर्थिक वृद्धिभन्दा बढी उपलब्धि हासिल गर्नेगरी पूर्वाधार विकासमा लगानी गर्ने गरी बजेट ल्याइएको र त्यसले ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गरे । अर्थमन्त्री डा. खतिवडाले उत्पादन बढाएर आर्थिक वृद्धिका साथै रोजगारी सिर्जना गर्ने गरी बजेटले प्राथमिकताका क्षेत्र निर्धारण गरेको भन्दै बजेट तथा कार्यक्रमलाई प्रभावकारी बनाउन आन्तरिक स्रोत र बाह्य स्रोत दुवै परिचालन गरिने उल्लेख गरे । नेकपाका सांसद योगेश भट्टराईले बजेटले आर्थिक सामाजिक रुपान्तरण गर्न नयाँ ढंगले परिभाषित गरेको, सामाजिक सुरक्षा, उत्पादन वृद्धि, पूर्वाधार विकास आदिलाई प्राथमिकता दिएको हुँदा यसकोे प्रभावकारी कार्यान्वयनमा उतार्नुपर्छ भने । सहकारी प्रवर्द्धन, उत्पीडित र पिछडिएका समुदायको उत्थानलाई समेटेको बजेटले निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकता दिएको, पूँजीगत खर्च हुन नसक्दा आइपर्ने समस्या समस्यालाई सम्बोधन गर्ने बजेट आएको उनले बताए । नेपाली काङ्ग्रेसका सांसद डा. मीनेन्द्र रिजालले बजेट अति महत्वाकांक्षी लक्ष्य लिएको हुँदा कार्यान्वयन हुन नसक्ने, बजेट वितरणमुखी रहेको र सातवटै प्रदेशमा पूँजीगत खर्च बढाउने संयन्त्र बनाउनुपर्छ भने । उनले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा विनियोजित बजेट खर्च नहुनु दुःखद् पक्ष रहेको, ऋणको भार दिनप्रतिदिन बढिरहेको, बजेटले वैदेशिक लगानीलाई आकर्षित गर्न नसक्ने बताए । संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले बजेटले प्रदेश नं २ लाई विभेद गरेको, बजेटमा कार्यक्रम पहुँचका भरमा आएका भन्दै बहुचर्चित निजगढ विमानस्थल समयमै सम्पन्न गर्न ध्यान नदिएको वताए । नेकपाका सांसद हृदयेश त्रिपाठीले साधारण खर्चभन्दा विकास गर्न बढी गर्न बजेटले प्राथमिकता दिनु सकारात्मक रहेको पक्ष रहेको, पूर्वाधार विकास, कृषि, पर्यटन, जलस्रोत विकासमा बजेटले जोड दिनु राम्रो रहेको उल्लेख गर्दै उठ्न नसकेको राजस्व उठान गर्न कार्यदल गठन गर्न सुझाव दिए । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)