ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जिप्रका कैलालीमा डिजिटल नागरिक वडापत्र शुरु

Jun 2, 2019  
प्रदेश समाचार सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ १९, धनगढी (अस) । जिल्ला प्रहरी कार्यालय कैलालीमा आइतबार देखि डिजिटल नागरिक वडापत्र संचालनमा ल्याइएको छ । नागरिक वडापत्रको धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका छन् ।

डिजिटल नागरिक वडापत्रमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट सम्पादन हुने काम, काम गराउँदा लाग्ने/नलाग्ने शुल्क, गुनासो सुन्ने अधिकारी, कार्य सम्पादन गरिसक्नुपर्ने समयसीमा लगायतका सूचनाहरु राखिने छन् । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यो डिजिटल नागरिक वडापत्रका लागि सहयोग गरेको हो । डिजीटल नागरिक वडापत्रको उद्घाटन गर्दै धनगढी उप–महानगरपालिकाका प्रमुख वडले अहिलेको समय सूचना प्रविधिको युग भएको बताए ।

सूचनाको हक नागरिकको मौलिक हक हो भन्दै नगरप्रमुख वडले भने, ‘हरेक नागरिकले जिल्ला प्रहरी कार्यालयबाट सम्पादनहुने कामका बारेमा डिजिटल नागरिक वडापत्रबाट थाहा पाउने छन् ।’ कुनै कुरा बुझ्नका लागि नागरिकले फाँटफाँटमा गएर सोध्नुपर्ने बाध्यताको डिजिटल नागरिक वडापत्रले अन्त्य गर्ने अपेक्षा गरिएको छ । सबै सार्वजनिक निकायले अनिवार्य रुपमा नागरिक वडापत्र राख्नुपर्ने आवश्यकताको महसुस कार्यक्रममा सहभागिहरुले गरेका थिए ।

कतिपय कार्यालयमा अहिले पनि नागरिक वडापत्र नदेखिनु दुःखद भएको कार्यक्रममा सहभागीहरुको भनाई थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभूषण तिमिल्सेनाले डिजिटल नागरिक वडापत्र नागरिकको सजिलोका लागि भएको बताए । उनले भने, ‘यसले प्रहरी कार्यालयका कामलाई खुला र पारदर्शी बनाउने छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)