‘प्रेमको प्रतीक’ रानीमहलको महत्वलाई बढाउन र यसको संरक्षणमा पहल गर्न ध्यान नदिएको भन्दै स्थानीयले यसलाई बचाउन आग्रह गरेका छन् । दैनिक हजारौंं पर्यटक आउने रानीमहल आसपासमा उपयुक्त बास, खानेपानीकोसमेत प्रबन्ध नहुँदा उपेक्षित छ ।
कालीगण्डकी किनारमा रहेको ‘नेपालको ताजमहल’ तत्कालीन बडाहाकिम खड्गशम्शेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा वि.सं. १९५४ मा निर्माण गरेका थिए । तस्वीर : रासस