ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

न्यायाधीशविरुद्ध भ्रष्टाचार मुद्दा !

Jun 2, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ १९, काठमाडौं (अस) तनहूँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायविरुद्ध भ्रष्टाचार गरेको आरोप लगाई आइतवार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

नक्कली प्रमाणपत्रको आधारमा जागीर खाएको आरोप लगाई उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । उपाध्यायको नक्कली प्रमाणपत्र भएको आशंकामा उनीविरुद्ध छानविन भएको थियो ।

छानविनकै क्रममा उनले यही जेठ २ गते न्यायाधीशको पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएको भएपनि उनीविरुद्ध मुद्दा दायर गरिएको न्यायपरिषद्बाट थाहा भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)