ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नमोबुद्ध–लुम्बिनी साहित्यिक दौड शुरू, ५००किमि  १६  दिनमा पुरा गर्ने

Jun 2, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ १९, काठमाडौं (अस) । साहित्यकार एवं हिमाल आरोही लक्ष्मण सापकोटाले ‘प्रथम नमोबुद्ध–लुम्बिनी साहित्यिक दौड’ शुरू गरेका छन् ।उनले शनिवार काभ्रेपलाञ्चोकको प्रसिद्ध तीर्थस्थल नमोबुद्धबाट बुद्धको जन्मस्थल लुम्बिनीसम्मको दौडको शुरुवात गरे ।

 पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको ५०० किलोमिटर दुरी उनले  १६ दिन लगाएर दौडमार्फत पुरा गर्ने छन् । दौडको शुरुवात गर्ने क्रममा उनले लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल पार्दै देशैभर साहित्यिक जागरण ल्याउन आफूले दौडन लागेको बताए ।

सो अवसरमा स्थानीय जनप्रतिनिधि एवं नमोबुद्ध क्षेत्र विकास समितिका पदाधिकारीको उपस्थिति थियो । सापकोटाले यसअघि वि.सं.२०७३ असोजमा १८ दिन दौडेर मेची महाकाली साहित्यिक दौड पुरा गरिसकेका छन् । उनले सोलुखुम्बु जिल्लाको ईम्जात्से हिमाल र मेरापीक हिमालको पनि सपल आरोहण गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)