ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करोडौंको बजेट रकमान्तर गर्दै सुप मन्त्रिपरिषद्

Jun 3, 2019  
प्रदेश समाचार सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । बजेट सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले एउटा योजनाका लागि विनियोजित बजेट रकमान्तर गरी अर्को शीर्षकमा खर्च गर्ने निर्णय गर्दै आएको पाइएको छ । विषयगत मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले कानूनविपरीत बजेटको रकमान्तर गरी अर्को शीर्षकमा बाँडफाँट गर्दै आएको हो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा पुस १९ मा बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक कार्यक्रम पुस्तिकामा सडक, खोपानी, सिँचाइलगायत योजनामा आपत्कालीन मर्मत तथा व्यवस्थापनका लागि व्यवस्था गरिएको ८१ करोड १० लाखको बजेट रकमान्तर गरी झन्डै साढे ४ सय योजना छनोट गरी खर्च गर्दै आएको तथ्य बाहिर आएको छ । छूट हुन गएका थप गर्नुपर्ने योजना भन्दै बजेटको रकमान्तर गरी टुक्रे योजनामा उक्त बजेट खर्च गर्न मन्त्रिपरिषद् बैठकबाटै निर्णय पारित भएको हो । प्रदेश सरकारबाट थप भएर आएका सडक तथा पुलका अधिकांश योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भइरहेका बेला सडक कालोपत्रका योजनामा भने निर्माण कम्पनीमार्फत काम भइरहेको पूर्वाधार विकास कार्यालय, धनगढीका प्रमुख श्याम खड्काले बताए । ऐनअनुसार अति आवश्यक र महŒवपूर्ण योजना मात्र मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । तर यो प्रदेशको हकमा भने उक्त व्यवस्था लत्याएर आपूmअनुकूल बजेटको रकमान्तर बढाउँदै लगेको अधिकारीहरू नै बताउँछन् । आपत्कालीन तथा व्यवस्थापन शीर्षकको बजेटमा पहुँचको भरमा आएका साना योजनाको छनोट क्रम आर्थिक वर्षको अन्त्यतिर बढ्दै जानु कानूनी राज्यको ‘खिल्ली उडाउनु’सरह भएको स्थानीय समाजसेवी दुर्गालाल जोशीले टिप्पणी गरे । मन्त्रिपरिषद् बैठकले अत्यावश्यक बाहेक बजेटको रकमान्तर गर्न नपाउने व्यवस्था हुँदाहुँदै यो कार्य भइरहेको एक सरकारी अधिकारीले बताए । वार्षिक कार्यक्रम पुस्तिकामा सडक, खोपानी, सिँचाइलगायत योजनामा आपत्कालीन मर्मत सम्भार र व्यवस्थापन शीर्षकमा रहेको बजेटलाई बाँडफाँट गरी आफू अनुकूलका योजनामा खर्च पाइएपछि सार्वजनिक लेखा समितिले त्यसो नगर्न निर्देशन दिएको बताइएको छ । प्रदेश सरकारले उक्त निर्देशनको पालना नगरेको लेखा समितिकी सभापति नन्दाकुमारी बलमेले बताइन् । ‘वार्षिक कार्यक्रम पुस्तिकामा भएको शीर्षकलाई तोडमोड गरी योजना छनोट गरिएको विषयमा समितिमा छलफल गरेर अगाडि बढ्नेछौं,’ उनले भनिन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)