मनाङ जिल्लाको निस्याङ गाउँपालिका वडा नं ९ मा पर्ने तिलिचो तालको मनमोहक दृष्य । यो ताल समुद्री सतहबाट ४ हजार ९१९ मिटर अग्लो स्थानमा छ ।
विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको यो ताल वरपर सेतै टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज, जुलु पिक, नीलगिरि हिमाल, मुक्तिनाथ हिमाल लगायतका रहेका छन् । तस्वीर : रासस