ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अग्निबीमाको पुनर्बीमामा घाटा बेहोर्दै विदेशी कम्पनी

Jun 6, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । विदेशी पुनर्बीमा कम्पनीहरूले नेपालसँगको अग्निबीमाको कारोबारमा घाटा बेहोर्दै आएका छन् । बीमा समितिको तथ्यांकअनुसार उनीहरूले नेपाली कम्पनीहरूसँगको कारोबारमा औसतमा वार्षिक रू. ६६ करोड ६५ लाख ५९ हजार घाटा बेहोर्दै आएका छन् । समितिको ‘नेपाली बीमाक्षेत्रमा पुनर्बीमाको अभ्यास र यसको प्रभाव’ प्रतिवेदनअनुसार पुनर्बीमा शुल्कवापत औसतमा वार्षिक खुद रू. ९५ करोड ४३ लाख बाहिरिने गरेको छ भने पुनर्बीमा भुक्तानीवापत औसतमा वार्षिक रू. १ अर्ब ६२ करोड ८ लाख भित्रिने गरेको छ । उक्त प्रतिवेदनमा आर्थिक वर्ष (आव) २०७०/७१ देखि २०७४/७५ सम्मको पुनर्बीमासम्बन्धी तथ्यांकहरू समावेश छन् । उक्त पाँच वर्षका लागि अग्निबीमाको पुनर्बीमाको प्रिमियमवापत रू. ६ अर्ब ५७ करोड ९५ लाख विदेशी कम्पनीले भुक्तानी लिनुपर्ने थियो । त्यसमा नेपाली कम्पनीहरूले पाउने कमिशन लगायत रकम कट्टा गर्दा खुद रू. ४ अर्ब ७७ करोड १५ लाख बाहिरिएको छ । सोही अवधिमा पुनर्बीमा दाबी भुक्तानीमार्फत रू. ८ अर्ब १० करोड ४३ लाख नेपाल भित्रिएको छ, जुन नेपालबाट बाहिरिएको खुद पुनर्बीमा प्रिमियमभन्दा रू. ३ अर्ब ३३ करोड २७ लाखले बढी हो । निर्जीवन बीमा कम्पनीहरूले अग्निबीमाको कारोबार गर्छन् । नेपालमा पुनर्बीमा गर्ने पर्याप्त कम्पनी नहुँदा भारत, मलेशिया लगायत मुलुकका कम्पनीसँग निर्भर रहनुपर्ने बाध्यता छ । नेपालमा पुनर्बीमा कम्पनी ‘नेपाल रि’ सञ्चालनमा आएपछि पुनर्बीमामार्पmत बाहिरिने केही रकम भने रोकिएको छ । चार वर्ष घाटा, एक वर्ष नाफा समितिको तथ्यांकअनुसार विदेशी पुनर्बीमा कम्पनीहरूले नेपालसँगको व्यवसायमा लगातार चार वर्ष घाटा बेहोरेका छन् । गत आव २०७४/७५ मा भने नाफा कमाएका छन् । उक्त आवमा पुनर्बीमाको प्रिमियम वापत नेपालबाट रू. १ अर्ब ३१ करोड ८ लाख बाहिरिएको थियो । दाबी भुक्तानीका लागि भने रू. १ अर्ब २ करोड ९३ लाख मात्र नेपाल भित्रिएको छ, जुन प्रिमियमभन्दा रू. २८ करोड १४ लाखले कम हो । ‘पाँच आर्थिक वर्षमा नेपालमा भूकम्प, बाढीजस्ता ठूला प्राकृतिक प्रकोपका घटनाहरू भए, जसका कारण पुनर्बीमा भुक्तानीमार्पmत बढी पैसा भित्रिएको हो,’ एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलबल्लभ पन्तले भने । प्रिमियमभन्दा दाबी भुक्तानी बढी हुनु सकारात्मक नै भए पनि वर्षेनि सोही अवस्था दोहोरिँदा विदेशी कम्पनी नेपालमा पुनर्बीमा कारोबार गर्न हच्किन सक्ने जानकारहरू बताउँछन् । यस्तो अवस्थामा विदेशी कम्पनीहरूले पुनर्बीमा गर्न नमान्ने, बीमाशुल्क बढाउनेजस्ता समस्या आउन सक्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं बताउँछन् । एनएलजी इस्योरेन्सका सीईओ पन्त पनि विदेशी कम्पनीहरूले घाटा बेहोरिरहेमा नेपाली कम्पनीले पाउने पुनर्बीमा कमिशन घट्न सक्ने बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)