ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विविध बीमाको पुनर्बीमामा पनि घाटामा विदेशी कम्पनी : बीमादरमा एकरूपता ल्याउन आवश्यक

Jun 10, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । नेपाली कम्पनीसँग विविध बीमाको पुनर्बीमा कारोबारमा पनि विदेशी कम्पनीहरूले घाटा बेहोर्दै आएका छन् । नेपालको कारोबारमा विदेशी कम्पनीहरू औसतमा वार्षिक रू. ९२ करोड ४७ लाख घाटामा देखिएका छन् । ‘नेपाली बीमाक्षेत्रमा पुनर्बीमाको अभ्यास र यसको प्रभाव’ शीर्षकको बीमा समितिको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार विविध बीमाको पुनर्बीमा शुल्कबापत औसतमा वार्षिक रू. ८४ करोड ३४ लाख ७६ हजार बाहिरिने र पुनर्बीमा भुक्तानी मार्फत औसतमा वार्षिक रू. १ अर्ब ७६ करोड ८२ लाख नेपाल भित्रिने गरेको छ । प्रतिवेदनमा आर्थिक वर्ष (आव) २०७०/७१ देखि २०७४/७५ सम्मको तथ्यांक समावेश छ । विविध बीमाअन्तर्गत दुर्घटना, स्वास्थ्य, साइबर लगायत क्षेत्रका जोखिमको बीमा गरिन्छ । निर्जीवन बीमा कम्पनीहरूले यस्तो कारोबार गर्ने गरेका छन् । प्रतिवेदनमा उल्लिखित पाँच वर्षका लागि विविध बीमाको पुनर्बीमा प्रिमियमबापत रू. ५ अर्ब ६९ करोड ९० लाख भुक्तानी लिनुपर्ने थियो । त्यसमा नेपाली कम्पनीहरूले पाउने कमिशन लगायत रकम कट्टा गर्दा खुद रू. ४ अर्ब २१ करोड ७३ लाख बाहिरिएको छ । सोही अवधिमा पुनर्बीमा दाबी भुक्तानीमार्फत रू. ८ अर्ब ८४ करोड १० लाख नेपाल भित्रिएको छ । आव २०७०/७१ मा भने विदेशी कम्पनीहरूले विविध बीमाको पुनर्बीमा कारोबारमा नेपालबाट नाफा कमाएका छन् । त्यसपछिका चारओटा आवमा उनीहरूले निरन्तर घाटा बेहोरेको देखिन्छ । समितिका अनुसार ती चार आवमा नेपालमा भूकम्प, बाढीलगायत प्राकृतिक प्रकोपका घटनाहरू भएका थिए । सोही कारण पुनर्बीमा भुक्तानीमार्पmत बढी रकम नेपाल भित्रिएको कम्पनीहरूको भनाइ छ । यस्तो व्यवसायमा विदेशी कम्पनीहरूले घाटा बेहोरिरहेमा नेपाली कम्पनीहरूलाई भविष्यमा पुनर्बीमाको बजार पाउन मुस्किल हुनसक्ने सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदावार क्षत्री बताउँछन् । ‘विदेशी कम्पनीहरू पनि नेपालमा व्यवसाय गर्न आएका हुन्, जसअनुसार उनीहरू घाटामा जान चाहँदैनन्,’ उनले भने, ‘यस्तो अवस्था आउन नदिन ‘लस रेसियो’लाई ध्यानमा राख्दै बीमादरमा एकरूपता ल्याउन आवश्यक छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)