जेठ ३०,काठमाडौं (अस) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी जिल्ला रुपनी गाउँपालिकामा कार्यरत इञ्जिनीयर विकासकुमार श्रेष्ठले घूस रकम लिएको आरोप लगाई बिहीवार पक्राउ गरेको छ ।
अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले दिएको जानकारी अनुसार इन्जिनियर श्रेष्ठले सेवाग्राहीबाट रु. १ लाख घूस लिएको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।
अख्तियारले दिएको जानकारी अनुसार घूस वापतको रकम बुझिसकेको अवस्थामा राजविराज नगरपालिका वडा नं. ६ स्थित योगन्द्र साहको घरमा रहेको डेराबाट श्रेष्ठलाई रङ्गेहात पक्राउ गरिएको हो ।