ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउनेविरुद्ध मुद्दा, बिगो प्रत्येकको २ करोडभन्दा बढी

Jun 13, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ ३०, काठमाडौं(अस) । बाँके र बर्दिया जिल्लाका सार्वजनिक जग्गालाई ब्यक्तिको नाममा ल्याई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धित् जिल्लाका तत्कालीन मालपोत अधिकृतसहित २८ जना विरुद्ध बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले दिएको जानकारी अनुसार तत्कालीन प्रमुखहरु दीर्घराज पोखरेल, पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोककुमार भट्टराई, नायव सुब्बाहरु रुद्रद देवकोटा, टंकप्रसाद शर्मा, रामबहादुर खड्का र मानबहादुर केसीविरुद्ध मुद्दा दायर गरिएको हो । ती प्रत्येकलाई रु. २ करोड विगो कायम गरिएको छ ।

यसैगरी कम्युटर अपरेटर यज्ञश्वर वली, सहायक कम्युटर अपरेटर प्रेमबहादुर चन्द ठकुरी, खरिदारहरु सुशील रिजाल, संजयकुमार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरीसहित २८ जना विरुद्ध मुद्दा दायर गरिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)