ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सकियो यो वर्षको बसन्त मौसम : ४४ दलबाट ६५९ आरोहीले गरे सगरमाथा आरोहण

Jun 14, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.
काठमाडौं । हिमाल आरोहणको उत्कृष्ट सिजन (२०१९) को बसन्त मौसम (मार्च–मे) सकिएको छ । मार्चदेखि मे महीना (फागुन १७ देखि जेठ १८) सम्मको यस सिजनमा ६५९ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जानकारी दिएको छ । सगरमाथा आरोहणका लागि विदेशी ३७ र नेपाली सात दललाई विभागले परमिट जारी गरेको थियो । सगरमाथा आरोहणको उक्त संख्यामध्ये ६५ जना महिला आरोहीहरू छन् भने अन्य ५९४ पुरूष आरोही छन् । विभागको पछिल्लो तथ्यांकअनुसार मे १९ अर्थात् जेठ ५ गतेसम्म ३० सगरमाथासहित ३० हिमाल आरोहणका लागि ११३ आरोहण दलका ८६८ आरोहीलाई अनुमति दिइएको छ । तर, अन्य हिमाल तथा पीक आरोहणको तथ्यांक भने अझै संकलन र पुष्टि हुन नसकेको विभागको भनाइ छ । विभागकी निर्देशक मीरा आचार्यले बसन्त मौसममा ३१ ओटा हिमाल आरोहणका लागि परमिट जारी गरिएको जानकारी दिइन् । उनले भनिन्, ‘सगरमाथा आरोहणको तथ्यांक आइसकेको छ, यस बाहेक अन्य ३० हिमाल आरोहण गरेका आरोहीको तथ्यांक संकलन र पुष्टि भइरहेकोले एक हप्ताभित्रमा सबै तथ्यांक सार्वजनिक गर्ने तयारीमा छौं ।’ तथ्यांक संकलनका लागि विभागमा जनशक्तिको अभाव हुँदा समयमै सबै हिमाल आरोहणको तथ्यांक संकलन हुन नसकेको विभागका एक अधिकारीले जानकारी दिए । नेपालमा ४१४ हिमाल तथा पीक आरोहणका लागि खुला गरिएका छन् । आचार्यले भनिन्, ‘यी हिमाल आरोहण गर्न कुनै पनि समयमा अनुमति दिन सकिने कानूनी प्रावधान रहेकोले बसन्त सिजनको मात्रै आरोहणको तथ्यांक हो । अन्य समयका लागि आरोहण र अनुमति खुला नै रहन्छ ।’ विगतका वर्षभन्दा यो वर्ष सबैभन्दा बढी सगरमाथा आरोहणका लागि परमिट जारी गरिएको छ । जेठ ५ सम्म आरोहण परमिटबाट रू. ४९ करोड ५९ लाख ८६ हजार राजस्व संकलन भएको विभागको तथ्यांक छ । बसन्त मौसमका लागि आमदब्लम, अन्नपूर्ण, सगरमाथा, धवलागिरि, कञ्चनजंगा, अरनिको चुली, ल्होत्से, मकालु, मनास्लु, थोरङ पीक र थापा पीकलगायत आरोहणका लागि विभागले परमिट जारी गरेको थियो । विभागले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै सगरमाथा आरोहणका लागि खटाइएका ३७ जना सम्पर्क अधिकृतमध्ये जम्मा २२ जना मात्रै सगरमाथा आधार शिविरमा पुगेको जानकारी दिएको छ । अन्य १५ जना अधिकृत भने अल्टिच्युड सिकनेस, बाटोमा हिँड्दा लडेर घाइते हुँदा आधार शिविरसम्म पुग्न नसकेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ । विभागले यस विषयमा समेत जेठ २४ गते गठन भएको समितिले गहन अध्ययन गर्ने उल्लेख गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)