ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

Jun 15, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ ३२, काठमाडौं(अस) । सामाजिक सुरक्षा भत्ता आफैंले बुझेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका तत्कालिन दुई जना गाविस सचिव र एक प्राविधिक सहायकविरुद्ध विशेष अदालतमा हालै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उक्त जिल्लाको भसेढवा गाविसका सचिवहरु जवाहरलाल झा, जयचन्द्र जयसवाल र प्राविधिक सहायक अखलेन्द्रकुमार यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियारले तत्कालिन् प्राविधिक सहायक यादवविरुद्ध रू.३३ लाख २४ हजार ३९१, सचिव जवाहरलाल झाविरुद्ध रू.८ लाख ८१ हजार ३८५ र सचिव जयचन्द्रप्रसाद जयसवालविरुद्ध रू.२ लाख ७१ हजार ८७५ हिनामिना गरेको माग दावीसहित मुद्दा दायर गरेको हो ।

उनीहरुले साविक भसेढवा गाविसको चालु तथा पुँजीगत खर्च हिनामिना, हानिनोक्सानी गरी तथा सामाजिक सुरक्षा भत्ताको रकम आफैले बुझिलिई सार्वजनिक सम्पत्तिको हिनामिना, हानि नोक्सानी, दुरुपयोग गरेको देखिएको अख्तियारले बताएको छ ।

सरकारी बजेट रकम खर्च गर्दा न्यूनतम रूपमा अवलम्बन गर्नुपर्ने विधि अवलम्बन नगरेको, खर्चको पुष्ट्याई हुन नसकेको, विल भरपाईको प्रमाणिकता पुष्टि हुन नसकेको, सामाजिक सुरक्षा भत्तावापत वितरण गर्नुपर्ने रकम आफ्नै वा अरु कसैको औंठाछाप प्रयोग गरी आफैंले बुझेको देखिएको अख्तियारले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)