ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निटिङ हाउस प्रा.लि.का प्रमुख श्रेष्ठद्वारा मन्दिर निर्माण गर्न आर्थिक सहयोग

Jun 17, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

असार २, काठमाडौं(अस) । नेपाल निटिङ हाउस प्रा.लि.का प्रमुख कृष्णप्रसाद श्रेष्ठले नुवाकोटस्थित थानापटि क्षेत्रपाल मन्दिर निर्माणका लागि रु. ५० हजार आर्थिक सहयोग गरेका छन् ।

प्रमुख श्रेष्ठले मन्दिर पुनर्निर्माण समितिका हरिभक्त श्रेष्ठलाई सो रकम हालै हस्तान्तरण गरेका हुन् ।  नुवाकोट चौघोडाका स्थायीवासिन्दा श्रेष्ठले हाल काठमाडौंमा उद्योग व्यवसाय गर्दै आएका छन् । आफ्नो जन्मभूमिमा रहेको प्रख्यात मन्दिर वि.सं.२०७२ सालको विनासकारी भूकम्पका कारण जीर्ण बनेपछि त्यसको पुनर्निर्माणका लागि भनी सो रकम सहयोग गरेको श्रेष्ठले  अभियानलाई बताए ।

उनले यस अघि पनि गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्दै आएका थिए । त्यस्तै भूकम्पबाट घरबार विहीन भएकाहरुलाई पनि आर्थिक तथा खाद्यान्न सहयोग गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)