ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राजस्व चुहावटका ८१ ओटा कसुरमा संलग्न २३८ विरुद्ध मुद्दा, ६६ किलो सुन बरामद

Jun 17, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

असार २, काठमाडौं । चालू आर्थिक वर्षको ११ महीनामा राजस्व चुहावटका ८१ ओटा कसुरमा अनुसन्धान सम्पन्न गरी २३८ जना व्यक्तिमाथि मुद्दा दायर भएको छ । ती मुद्दामा बिगो र जरिवाना गरी रू. १८ अर्ब ३२ करोड र ३ वर्षको कैद माग दाबी गरिएको राजस्व अनुसन्धान विभाग, ललितपुरले जानकारी दिएको छ ।

विभागले सुन भन्सार चोरी पैठारीको कसुरमा विभिन्न व्यक्तिहरूबाट ६६ किलो ४०० ग्राम सुन समेत बरामद गरेको छ । यस्तै विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारमा ६४ ओटा मुद्दामा संलग्न १०४ जनालाई विदेशी विनिमय अपचलन तथा हुण्डीको कसुरमा रू. ५ अर्ब ११ करोड बिगो कायम गरी बिगोको तेब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद मागदाबीसहित मुद्दा दायर गरिएका विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

यसबाट राजस्व छलि तथा आर्थिक अपराधका जोखिमयुक्त क्षेत्रमा अनुसन्धानलाई केन्द्रित गरिएबाट राजस्व प्रशासनमा सदाचार प्रवर्द्धन भई राजस्व संकलनमा सकारात्मक सुधार हुँदै आएको विभागको दाबी छ । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा पनि चोरी निकासी/पैठारी तथा आन्तरिक उत्पादनको परिवहन समेतलाई ट्रयाकिङ प्रणलीमा आवद्ध गरिने उल्लेख गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)