ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीडीपीमा सुदूरपश्चिम प्रदेशको योगदान २ खर्ब ११ अर्ब : उत्पादनमुखी बजेट ल्याएको मन्त्री बोहराको दाबी

Jun 18, 2019  
मुख्य खबर प्रदेश समाचार सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिम प्रदेशको योगदान २ खर्ब ११ अर्ब ८ करोड ७३ लाख रहेको तथ्यांक सार्वजनिक गरिएको छ । यो प्रदेशको आर्थिक वृद्धिदर ६ दशमलव २५ तथा प्रतिव्यक्ति आय ७७ हजार ८ सय ११ रुपैयाँ रहेको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सोमवार आयोजित कार्यक्रममा जानकारी दिए । कृषिमा आत्मनिर्भरता, आधुनिकीकरण, व्यावसायिक उत्पादन र उत्पादकत्वको अभिवृद्धि, रोजगारीका अवसरको सृजना, उपलब्ध स्रोतसाधनको समुचित उपयोग र प्रदेशमा लगानीमैत्री वातावरण सुशासनको प्रत्याभूति हुनेगरी आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याइएको मन्त्री बोहराले बताए । यो बजेट उत्पादनमुखी भएकाले कार्यान्वयनमा समस्या नहुने उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशका हरेक आर्थिक सूचकहरू सकारात्मक रहेको दाबी गर्दै मन्त्री बोहराले कृषि, पर्यटन, उद्योग, शिक्षालगायत क्षेत्रको थप विकासका लागि आवश्यक नीति, कार्यक्रमसहितको बजेट ल्याइएको बताए । यो क्षेत्रमा जीवन तथा निर्जीवन बीमा व्यवसाय फस्टाउँदै गएको प्रदेश सरकारले बताएको छ । आव २०७४/७५ मा निर्जीवन बीमा कम्पनीले ८३ हजार १२५ बीमा लेख जारी गरी रू. ५६ करोड ९५ लाख बीमाशुल्क आर्जन गरेका थिए । आव २०७५÷७६ को वैशाख मसान्तसम्ममा यस्ता कम्पनीले ८४ हजार २९८ बीमालेख जारी गरी ४९ करोड ८४ लाख बीमा शुल्क आर्जन गरेको तथ्यांक छ । त्यस्तै जीवन बीमा कम्पनीले आव २०७५÷७६ को वैशाख मसान्तसम्ममा १ लाख ६ हजार ९४७ बीमालेखमार्फत २ अर्ब ५९ करोड ६९ लाख आर्जन गरेको तथ्यांकले देखाएको छ । चालू आवको जेठ तेस्रो सातासम्ममा कैलाली भन्सारबाट रू. १९ अर्ब ३६ करोड ९६ लाख ४२ हजारको सामग्री आयात भएर रू. ४ अर्ब ७० करोड १९ लाख ४५ हजार राजस्व संकलन भएको भन्सार कार्यालय, कैलालीको तथ्यांक छ । यस्तै यो अवधिमा ७१ करोड ३ लाख ५९ हजारको सामान निर्यात भएर १३ लाख ५७ हजार राजस्व संकलन भएको छ । यो प्रदेशका कुल ८८ स्थानीय तहमध्ये ८२ ओटामा बैंक शाखा पुगिसकेको नेपाल राष्ट्र बैंक, धनगढीले बताएको छ । गरीबी निवारण प्रदेशको प्रमुख चुनौती भएको अधिकारीहरू बताउँछन् । गरीबीको रेखामुनिको अनुपात यो प्रदेशमा ३३ दशमलव ९ छ । रोजगारीको अनुपात भने २४ दशमलव १ प्रतिशत मात्र छ । यस्तै वित्तीय पहुँच प्रतिशाखा जनसंख्या ११ हजार १२४ छ । प्रदेशमा कृषि उत्पादन हरेक वर्ष घट्दो क्रममा छ । कृषि उपजको घरायसी उपयोग गर्ने ९८ दशममलव ७१ प्रतिशत छ भने १ दशमलव ९ प्रतिशतले मात्र उक्त उपज विक्री गर्ने गरेको पाइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)