ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतीय कामदारलाई श्रमस्वीकृति अनिवार्य गर्न माग गर्दै रीट

Jun 18, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
काठमाडौं । भारतीय नागरिकले नेपालमा काम गर्दा श्रम स्वीकृति लिनुपर्छ कि पर्दैन भन्ने विवाद लामो समयदेखि चल्दै आएको छ । त्यसको छिनोफानो अब सर्वोच्च अदालतले गर्नुपर्ने भएको छ । अधिवक्ता दीपकराज जोशीले सोमवार सर्वोच्चमा एक रीट निवेदन दायर गरेका छन्, जसमा सबै विदेशी नागरिकहरूलाई कानूनमा उल्लेख भएबमोजिम श्रमस्वीकृति लिएर/दिएर मात्र काममा लगाउन आदेश माग गरिएको छ । श्रम ऐन, २०७४ को दफा २२ को उपदफा (१) मा श्रम विभागबाट इजाजत नलिई रोजगारदाताले कुनै पनि विदेशी नागरिकलाई काममा लगाउन नपाइने व्यवस्था छ । यस्तै, उपदफा (२) मा रोजगारदाताले आफूलाई चाहिएको दक्ष श्रमिक नेपाली नागरिकबाट आपूर्ति हुन नसकेमा मात्र विदेशी नागरिकलाई काममा लगाउन सकिने उल्लेख छ । उक्त प्रावधान भारतीय नागरिकका हकमा लागू हुने हो कि होइन भन्ने विषयमा विवाद छ । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको प्रावधान उल्लेख गर्दै भारतीय नागरिकले नेपालमा काम गर्न श्रमस्वीकृति लिन आनाकानी गर्दै आएका छन् । सन्धिको धारा ७ मा दुवै देशका नागरिकलाई एकअर्का देशमा बसोवास तथा सम्पत्तिको भोगचलन गर्ने, उद्योग र व्यापारिक कारोबारमा भाग लिने, घुमफिर गर्ने लगायत विशेषाधिकार भएको उल्लेख छ । अन्य मुलुकका नागरिकले नेपालमा काम गर्दा श्रमस्वीकृत लिने गरे पनि भारतीय नागरिकले भने त्यसो गरेको नपाइएको उल्लेख गर्दै अधिवक्ता जोशीले रीट दायर गरेका हुन् । कानूनमा भएको व्यवस्था नेपाल सरकार तथा श्रमसँग सम्बद्ध निकायहरूबाट पालना नभएको रीटमा उल्लेख छ । उक्त व्यवस्था लागू नभएका कारण लाखौं नेपाली नागरिक श्रमका लागि खाडी मुलुकतर्फ जानुपरेको रीटमा स्पष्ट गरिएको छ । ‘नेपाली नागरिकलाई खाडी मुलुक पठाई श्रम इजाजत नलिएका विदेशी कामदारहरूलाई काममा लगाउने अख्तियारी राज्यले लिएको जस्तो देखिन्छ,’ रीटमा भनिएको छ, ‘विदेशी नागरिकलाई नेपालमा विना इजाजत श्रम अभ्यास गर्न दिने तर नेपाली दाजुभाइलाई विदेश पलायनको बाटो स्पष्ट गर्ने विभेदकारी नियमले हामी नेपालीलाई ओझेलमा पारिएको अवस्था छ ।’ नेपालमा हाल लाखौं भारतीय नागरिक रोजगारी छन् । तर, तिनको यकिन आँकडा कतै उपलब्ध छैन । उनीहरूमध्ये अधिकांशले श्रमस्वीकृति लिने गरेका छैनन् । यस्तो अवस्थामा श्रम ऐनमा भएको व्यवस्थाको कुनै औचित्य नभएको कानूनविद्हरू बताउँछन् ।\ श्रम ऐन, २०७४ को दफा २६ मा विदेशी कामदारले पाउने पारिश्रमिक परिवत्र्य विदेशी मुद्रा लैजान सक्ने व्यवस्था छ । त्यसबमोजिम विदेशी कामदारले के कति रकम विदेशमा लैजाने गरेका छन् भन्ने पनि यकिन आँकडा पनि कुनै सरकारी निकायसँग नभएको रीटमा उल्लेख छ । श्रम नियमावली, २०७५ को नियम ७ मा विदेशी नागरिकले नेपालमा काम गर्न श्रम इजाजतका लागि रोजगारदाताले निवेदन दिनुपर्ने व्यवस्था छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)