असार ३, काठमाडौं (अस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुर जिल्ला हतुवागढी गाउँपालिकामा कार्यरत इञ्जिनीयर मिसुहाङ्ग किराँत र सव– इञ्जिनीयर नइन्द्र पारोहाङ्ग राईलाई घूस लिएको आरोपमा मंगलवार पक्राउ गरेको छ ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले दिएको जानकारी अनुसार इञ्जिनीयर राईले रु. ५० हजार र सव– इञ्जिनीयर राईले रु. २० हजार लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
उनीहरुले बाटो मर्मतको विल भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घूस लिएका आरोप लगाइएको छ । उनीहरुलाई कार्यालयबाट नै पक्राउ गरिएको हो ।