ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक रोजगारीमा मृत्यु : ११ वर्षमा रू. २ अर्ब आर्थिक सहायता

Jun 21, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा
काठमाडौं । वैदेशिक रोजगारको क्रममा ज्यान गुमाउने नेपाली कामदारका परिवारले विगत ११ वर्षमा नेपाल सरकारबाट रू. १ अर्ब ९७ करोड २३ लाख आर्थिक सहायता प्राप्त गरेका छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०६५/६६ यता वैदेशिक रोजगारमा गएका ७ हजार ४०१ जना नेपाली कामदारको विदेशमा मृत्यु भएको छ, जसमा १६९ जना महिला छन् । सोही अवधिमा वैदेशिक रोजगारमा गएर बिरामी तथा अंगभंग भएका १ हजार २९२ जना नेपालीले बोर्डबाट रू. २३ करोड ४० लाख आर्थिक सहायता पाएका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका कामदारको मृत्यु भएमा निजको परिवारले सरकारबाट रू. ७ लाख आर्थिक सहायता पाउने व्यवस्था छ । साथै, मृतकका छोराछोरीलाई कक्षा १२ सम्म अध्ययन गर्न छात्रवृत्ति पनि प्रदान गरिन्छ । कामदार अंगभंग भएर फर्किएमा ७ लाखको ३ प्रतिशतदेखि ७ प्रतिशतसम्म रकम भुक्तानी गरिने व्यवस्था छ । सरकारले दिने आर्थिक सहायताले मृतकका परिवारलाई घर व्यवहार चलाउन सहज हुने गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ बताउँछन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेले अनिवार्य रूपमा बीमा गर्नुपर्ने व्यवस्था गरिएको छ, जसअनुसार कामदारको मृत्यु भएको अवस्थामा बीमा कम्पनीबाट पनि सम्बद्ध परिवारलाई राहत मिल्ने गरेको छ । बोर्डका अनुसार पछिल्लो समय वैदेशिक रोजगारको सिलसिलामा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । आव २०६५/६६ मा ७७ जना नेपाली कामदारले ज्यान गुमाएका थिए भने आव २०७१/७२ मा १ हजार ६ जनाको ज्यान गएको थियो । चालू आव २०७५/७६ को हालसम्म ६८७ जनाले ज्यान गुमाइसकेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)