ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकिङ कसुर र ठगीमा रू. २१ करोडको मुद्दा दायर

Jun 23, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

असार ८, काठमाडौं । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा रू. २१ करोड ४९ लाख ३४ हजार १०० बराबरको मुद्दा दायर गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा बैंकिङ कसुर र ठगीमा उक्त रकम बराबरको मुद्दा दायर गरेको हो ।

जसमा ६० विरुद्ध मुद्दा दायर भएको छ ।  महाशाखाका अनुसार साउनमा चार, भदौमा सात, असोजमा सात, कात्तिकमा चार, मङ्सिरमा चार, पुसमा दुई, माघमा दश, फागुनमा तीन, चैतमा सात, वैशाखमा तीन र जेठमा नौ विरुद्ध मुद्दा दायर गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बैंकिङ क्षेत्रमा रकम लिएर भाग्ने तथा विभिन्न व्यक्तिलाई ठगी गर्ने विरुद्ध महाशाखाले मुद्दा दायर गरेको जानकारी दिए । महाशाखाले बैंकिङ कसुर र ठगीमा विशेष खालका मुद्दा हेर्दै आएको छ ।

यसैगरी, महाशाखाले चालू आर्थिक वर्षमा रू. १७ करोड ६० लाख ६१ हजार ७५ बराबरको मिलापत्र गराएको छ । बैंकिङ कसुरमा फरार तथा ठगी गरेर फरार व्यक्तिलाई पक्राउ गरी उक्त रकम बराबरको मिलापत्र गराएको हो ।

जसमा १११ रहेका छन् । साउनमा छ, भदौमा १३, असोजमा १८, कात्तिकमा आठ, मंसिरमा नौ, पुसमा ११, माघमा १६, फागुनमा दुई, चैतमा आठ, वैशाखमा आठ र जेठमा १२ ले मिलापत्र गरेका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)