ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक स्रोतबाट धनगढीको आम्दानी १३ करोड

Jun 24, 2019  
प्रदेश समाचार सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट
धनगढी । धनगढी उपमहानगरपालिकाले आन्तरिक स्रोतबाट चालू आर्थिक वर्ष २०७५/७६ को जेठ मसान्तसम्म रू. १३ करोड ९ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ । आइतवार उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा नगरप्रमुख नृपबहादुर बडले सो अवधिसम्म बाह्य स्रोतबाट रू. १ अर्ब ८० करोड ६० लाख प्राप्त गरेको बताए । उपमहानगरले गत आवमा आन्तरिक स्रोतबाट रू. ९ करोड ७६ लाख र बाह्य स्रोतबाट रू. १ अर्ब ५ करोड ८६ लाख प्राप्त गरेको थियो । बडका अनुसार जेठ मसान्तसम्म रू. २४ करोड ९२ लाख ७४ हजार पूँजीगत खर्च भएको छ । नगरसभाले आगामी आवको प्रस्तावित आय/व्यय विवरण प्रस्तुत गरेको छ । कुल आय रू. १ अर्ब ५८ करोड ४ लाख ४८ हजारमध्ये चालू खर्चतर्फ रू. ७६ करोड ३६ लाख र पूँजीगततर्फ रू. ८१ करोड ६८ लाख छुट्याइने उल्लेख गरिएको छ । हाल धनगढी उपमहानगरपालिकाभित्र कालोपत्र सडक निर्माण १८७ दशमलव ८४ किलोमिटर, कालोपत्र सडक मर्मत ४५० दशमलव ५४ किमी तथा ग्राभेल सडक निर्माण ७३ दशमलव ६६ किमी तयार भएको जानकारी दिइएको छ । नगरप्रमुख बडले आगामी आवमा कार्यालयले जैविक खेतीलाई प्रोत्साहन गर्ने नीति लिने बताए । उनले सार्वजनिक निजी साझेदारीअनुसार उपमहानगरको शपिङ कम्प्लेक्ससहितको भ्यु टावर तथा घण्टाघरको निर्माणका लागि तयार भएको डीपीआर अनुसार काम थालिने जानकारी दिए । उपमहानगरले आगामी आवमा ‘एक घर एक शीप’ कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न शीर्षकमा कर बढाउने तयारी समेत गरेको छ । नेकपाबाट निर्वाचित वडा सदस्यहरूको आपत्ति कुल १९ वडा रहेको धनगढीमा ७ वडामा नेकपाबाट निर्वाचित वडाध्यक्षहरू छन् । उनीहरूले उपमहानगरको योजना र बजेट आवश्यकताको आधारमा भन्दा पहुँचको आधारमा बाँडफाँट हुने गरेको आरोप लगाएका छन् । ३ नम्बर वडाका अध्यक्ष बलबहादुर ऐरले शिव आधारभूत र जनता आधारभूत विद्यालयको आर्थिक अवस्था निकै कमजोर रहेका बेला उपमहानगरले पटक÷पटक आर्थिक अनियमिततामा जोडिँदै आएको त्रिनगर माविका लागि लाखौं रुपैयाँ छुट्याउनु विभेद र कांग्रेसलाई खुशी पार्ने खेल भएको बताए । आर्थिक रूपमा सम्पन्न ऐश्वर्य विद्या निकेतनलाई पनि लाखौं रुपैयाँको बजेट दिनु न्यायसंगत नभएको भन्दै वडाध्यक्षले विरोध गरेका छन् । ऐश्वर्यको व्यवस्थापन समितिको अध्यक्ष उपमहानगरका प्रमुख बड नै रहेकाले सो विद्यालयलाई बजेट विनियोजन गर्नुमा चलखेल भएको उनीहरूको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)