ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हस्पिटालिटी क्षेत्रमा स्वदेशी चेन ब्रान्ड ‘द पीक’

Jun 26, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । होटल व्यवस्थापनमा संलग्न नेपाली कम्पनी ‘द पीक– रिडिफाइनिङ हस्पिटालिटी’ले ‘होटल टिचिङ स्कूल’ स्थापना गर्ने भएको छ । नेपालमा अन्तरराष्ट्रिय स्तरको होटल व्यवस्थापनका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेको यो स्कूल १ वर्षभित्र स्थापना गरिने ‘द पीक’का अध्यक्ष दीपक लेखकले जानकारी दिए । ‘द पीक’ले भैरहवाको चारतारे होटल बोधी रेडसन र काठमाडौंको तीनतारे एयरपोर्ट होटलको व्यवस्थापन गर्दै आएको छ । यसले तीनतारे र त्यसभन्दा माथिल्ला तारे होटलहरूको व्यवस्थापन गर्दै आप्mनो चेन ब्राण्ड स्थापित गर्ने लक्ष्य राखेको लेखकले बताए । कम्पनीले टोटल क्वालिटी म्यानेजमेन्ट (टीक्यूएम) मोडलबाट होटलको व्यवस्थापन गर्छ । यस क्रममा ग्राहक, कुकिङ, रूम सुविधा, सरसफाइ, खर्च घटाउने लगायत विभिन्न पक्षहरूको जिम्मा कम्पनीमा रहन्छ । यसले आफ्ना तर्फबाट जनशक्ति नराखी सम्बन्धित होटलका कर्मचारीसँग सहकार्य गर्ने गरेको छ । ‘द पीक’ले हाल काठमाडौंमा तीनओटा होटलको व्यवस्थापनका लागि ‘नेगोसिएशन’को प्रक्रिया अगाडि बढाएको तथा भारतका बनारस, कोलकाता र लखनउका केही होटलको समेत व्यवस्थापनको जिम्मा लिने तयारी गरेको लेखकले बताए । चारजना युवाको सक्रियतामा सञ्चालित ‘द पीक’का अध्यक्ष लेखकले अस्टे«लियाबाट एमबीए गर्नुका साथै पाँचतारे होटल हायात र अन्नपूर्णमा काम गरिसकेका छन् । तीन जना उपाध्यक्षहरू यादवप्रसाद पाण्डे, विशान शाह र विवेक विष्टले स्वीट्जरल्यान्ड र सिंगापुरबाट होटल म्यानेजमेन्ट अध्ययन गरेर नेपालका होटलमा काम गरिसकेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)