ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि विकास बैंकले कर्जाको व्याजदर १ %ले घटायो, निक्षेपमा भने थप १ % वृद्धि

Jun 26, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार ११, काठमाडौं (अस) । कृषि विकास बैंक लि.ले कर्जाको व्याजदरमा एक प्रतिशतले घटाएको छ । साथै, निक्षेपको व्याजदरमा निक्षेपकर्ताहरु लाभान्वित हुने गरी साविकको व्याजदरमा एक प्रतिशत बृद्धि गरेको छ । बैंकले उक्त व्याजदर असार ५ गतेदेखि लागू गरेको छ । बैकिंग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा बैंकको संचालक समितिको निर्णय अनुसार कर्जाको व्याज साविकको भन्दा एक प्रतिशत कम र निक्षेपको एक प्रतिशत बढी बनाएको बताएको छ । बैंकको उक्त समितिले असार चार गते उक्त व्याजदरबारे निर्णय गरेको बताएको छ । बैंककाअनुसार ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी कर्जाको व्याज दरमा ग्राहकलाई आकर्षण गर्न व्याजदरबारे लचकता अपनाएको हो । ग्राहकको चाहना र सन्तुष्टिलाई ध्यान राखेर आफ्ना सेवाहरु बजारमा प्रवाह गर्दै आएको बैंकको दाबी छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)