असार १२, काठमाडौं (अस) । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा आज(बिहीवार) सार्वजनिक गर्दै छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको बोर्डले बताएको छ ।
बोर्डले अपरान्ह बस्ने बोर्ड बैठकपछि नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।
एसईईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ । यसका लागि अंग्रेजीमा एसईईटाइप गरेर स्पेस दिदैं आफ्नोे सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ ।
यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ । यसैगरी see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिन्छ ।
यो पनि पढ्नुहोस्
एसईईको नतिजा ढिलोमा असार दोस्रो साता सम्ममा सार्वजनिक हुने