१२ असार, काठमाडौं(अस) । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा बिहीवार प्रकाशित गरेको छ ।
बोर्डले पत्रकार सम्मेलन गरेर नतिजा प्रकाशन भएको बताएको हो । यो वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६४२ र प्राविधिकतर्फ ९ हजार ६३३ परीक्षार्थी सहभागी भएका थिए ।
विसं २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सञ्चालन भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।
एसईईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ । यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर स्पेस दिदैं आफ्नोे सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ ।
यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ । यसैगरी see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिन्छ ।
नतिजा हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस्