ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

देशभर मनसुन सक्रिय, पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना

Jun 29, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

असार १४, काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरु भएको छ । शनिवार देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले बताएको छ ।

आगामी तीन दिन पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरो जानसक्ने भन्दै मौसमविद्ले सचेत रहन आग्रह गरेका छन् । शनिवार बिहानदेखि मनसुनी गतिविधि सक्रिय हुँदा काठमाडौं उपत्यकासहित मध्य र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएकोे थियो । राति देशभर आंसिकदेखि सामान्य बदली रही पूर्व र मध्यका धेरैजसो स्थानमा र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनसमान महाशाखाले बताएको छ । आइतवार देशैभर सामान्य बदली भई पूर्व र मध्यका केही स्थानका साथै पश्चिमका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको बताइएको छ । सोमवार देशभर सामान्य बदली रही पूर्व र मध्यका धेरै स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले बताएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ डिग्री र अधिकमत तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)