ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असारे विकासको चटारो : सुदूरपश्चिममा आवको अन्त्यमा दैनिक रू.५ करोड खर्च

Jun 30, 2019  
प्रदेश समाचार सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार १५, धनगढी(अस) चालू आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको कुल रू. १२ अर्व ३७ करोड पुँजीगत बजेटबाट दैनिक रू. ५ करोडका दरले खर्च भइरहेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीले बताएको छ । आर्थिक वर्ष सकिन केहि दिन मात्रै बाँकी रहँदा खर्च प्रतिशत ह्वात्तै बढेको कार्यालयको तथ्यांकले देखाएको छ । चालू आवको ११ महीनाको खर्च प्रगति सुस्त देखिएका बेला अन्तिम आर्थिक वर्षमा आइपुग्दा पुँजीगत बजेट खर्च ह्वात्तै बढेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका सुचना अधिकारी यज्ञराज पाण्डेले बताए । अहिले पुँजीगत बजेट रू.५ देखि ७ करोडका हिसावले दैनिक खर्च भइरहेको उनले बताए । चालु आवका लागि सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको कुल रू.२५ अर्व ६ करोड ५६ लाखमध्ये पुँजीगत बजेट रू.१२ अर्व ३७ करोड थियो । जेठ मसान्तसम्म रू.३ अर्व १९ लाख मात्रै पुँजीगत बजेट खर्च गरेको प्रदेश सरकारले असार महीनाको दोस्रो सातासम्ममा मात्रै रू. ५० करोडको हाराहारीमा खर्च गरेको पाइएको छ । आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने प्रवृत्ति कुनै नौलो नभएको अर्थशास्त्रीहरु बताउँछन् । ११ महीनासम्म कुनै काम नगर्ने बाँकी एक महीनाको अवधिमा धमाधम रकम खर्चने प्रवृत्तिले हाम्रो विकास यात्रालाई गिज्याइरहेको अर्थशास्त्री रामबहादुर बुढाऐर बताउँछन् । हाम्रो असारे विकासको मानसिकता संघीयतापछि पनि उस्तै रहेको उनले बताए । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार असार १२ गतेसम्म मात्रै रू.४९ करोड बजेट खर्च भएको छ। प्रदेश सरकारले जेठ मसान्तसम्म २३ प्रतिशत मात्र पुँजीगत बजेट खर्च गरेकोमा १४ दिनमा झण्डै रू.५० करोड खर्च गरेपछि पुँजीगत खर्च प्रगति २७ प्रतिशत पुगेको हो । गत आवको जेठ मसान्तसम्ममा पनि प्रदेश सरकारले १८ दिनमा ४९ करोड बजेट खर्च गरेको थियो । कैलालीका स्थानीय सरकार र संघीय सरकार मातहत रहेका अन्य विकासे अड्डाहरुलाई पनि असारे विकासको चटारो लागेको छ । जिल्लामा रू.६ अर्ब १५ करोड ८५ लाख विकास बजेट रहेकोमा ५६ प्रतिशत प्रगति देखिएको छ भने असार महीनाको १५ दिनमा मात्र रू.३१ करोड बढि खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)