ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकक–काठमाडौं उडानका लागि थाई एयर एशियाको निवेदन

Jul 1, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल
काठमाडौं । मलेशियाको एयर एशिया समूह अन्तर्गतको वायुसेवा कम्पनी थाई एयर एशियाले बैंकक–काठमाडौं गन्तव्यमा उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ । निवेदन आएपछि उक्त कम्पनीका सबै कागजातबारे अध्ययन भइरहेको प्राधिकरणले जानकारी दिएको छ । मलेशियाको एयर एशिया–एक्ससँग थाई एयर एशियाको सम्बन्ध भए÷नभएको, अन्तरराष्ट्रिय उडानका मापदण्ड पूरा गरे/नगरेको लगायत सबै पाटोको विस्तृत अध्ययनपछि मात्र उडान अनुमति दिइने प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले बताए । मलेशियाको एयर एशिया–एक्सले त्रिभुवन विमानस्थललाई बुझाउनुपर्ने करीब १४ करोड रुपैयाँ बक्यौता छ । त्यसैले यी दुई एयरलाइन्सबीचको सम्बन्धबारे प्राधिकरणले चासो दिएको हो । थाई एयर एशिया र एयर एशिया–एक्सको संयुक्त लगानी रहेको पाइएमा एयर एशियाको बक्यौता तिरिदिने सम्झौता भएमा मात्र उडान अनुमति दिन सकिने प्राधिकरणले बताएको छ । अहिले थाइल्याण्डको थाई एयरवेज र निजीक्षेत्रको थाई लायन एयरले बैंकक–काठमाडौं रुटमा सातामा ७÷७ उडान गर्दै आएका छन् । यस्तै, नेपाल वायु सेवा निगमले उक्त रुटमा सातामा तीन उडान गर्दै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)