ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनलाइन मार्फत शेयर कारोबार : कुल कारोबारको १४.४६ प्रतिशत

Jul 2, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७५/७६ को हालसम्मको कुल शेयर कारोबारमध्ये अनलाइन प्रणाली मार्पmत १४ दशमलव ४६ प्रतिशत कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले दिएको जानकारी अनुसार १० लाख ६ हजार ३८६ पटकको कारोबारमध्ये १ लाख ४५ हजार ६१७ पटकको कारोबार अनलाइन प्रयोगकर्ताले गरेका हुन् । चालू आवको हालसम्ममा रू. ७७ अर्ब ७४ करोड ७ लाख बराबरको कारोबार भएकोमा रू. १० अर्ब ६० करोड ३४ लाख बराबरको कारोबार अनलाइन प्रयोगकर्ताले गरेको नेप्सेले बताएको छ । गत कात्तिक २० गतेदेखि औपचारिक रूपमा लागू भएको अनलाइन कारोबार प्रणालीको हालसम्मको प्रगतिको बारेमा सोमवार पत्रकार सम्मेलन गरी नेप्सेले जानकारी गराएको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले निकै मेहनतका साथ ल्याइएको अनलाइन कारोबार प्रणालीमा शुरूका दिनमा केही समस्या भए पनि अहिले कुनै समस्या नभएको बताए । प्राथमिक बजारको पहुँच देशका ७७ ओटै जिल्लामा पुगेको उल्लेख गर्दै उनले विश्वव्यापी स्तरको अनलाइन कारोबार प्रणालीको कार्यान्वयन देशव्यापी बनाउन नेप्सेले पहल गरिरहेको जानकारी दिए । हाल ११ हजार २४६ लगानीकर्ता अनलाइन कारोबार प्रणालीमा सहभागी भएको बताउँदै उनले तीमध्ये धेरैजसो लगानीकर्ता उपत्यका बाहिरका रहेको उल्लेख गरे । २०७५ साल नेपालको इतिहासमा पूँजीबजारमा रहेका चुनौतीलाई अवसरमा परिणत गर्ने वर्ष रहेको स्मरण गराउँदै प्रमुख कार्यकारी अधिकृत साउदले अबको चुनौती भनेको ब्रोकर कम्पनीहरूको क्षमता र कार्यक्षत्र विस्तार रहेको बताए । यो चुनौतीलाई अवसरमा बदल्न पनि नेप्सेले विभिन्न मोडेलमा छलफल गरिरहेको उनले जानकारी दिए । अनलाइन कारोबार प्रणाली स्थापना गर्न नेप्सेले २०७२ फागुन ४ गते सप्mटवेयर निर्माता कम्पनी वाइको प्रालिसँग सम्झौता गरेको थियो । सम्झौताको ३ वर्षभित्र अनलाइन कारोबार भित्र्याएको नेप्सेले यस अवधिभित्र धेरै कठिन परिस्थितिको सामना गर्नुपरेको बताएको छ । हाल नेप्सेको अनलाइन कारोबार प्रणाली सीडीएस एन्ड क्लियरिङ लिमिटेड तथा नेपाल क्लियरिङ हाउस लिमिटेडको प्रणालीमा आबद्ध गराई यसका सदस्य अन्य बैंक तथा वित्तीय संस्था मार्फत अनलाइन रकम हस्तान्तरणको व्यवस्था मिलाइएको छ । नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले ७६ कम्पनी क्लियरिङ हाउसका सदस्य भए पनि अनलाइन कारोबारका लागि ५० बैंक तथा वित्तीय संस्था जोडिएको जानकारी गराए । अनलाइन मार्फत कारोबार गर्दा लगानीकर्ताले गत जेठ १२ गतेदेखि नेपाल क्लियरिङ हाउसमा आबद्ध बैंक तथा वित्तीय संस्था मार्फत अनलाइन रकम भुक्तानी गर्ने व्यवस्था गरिएको सिंहको भनाइ छ । उनका अनुसार हाल लगानीकर्ताले १ दिनमा एक बैंकबाट अनलाइन मार्फत बढीमा रू. १० लाखसम्म भुक्तानी गर्न सक्छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)