१८ असार, काठमाडौं(अस) । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधवार एक सूचना प्रकाशित गरी मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन पाउने छन् । दुई विषयमा अनुपस्थित विद्यार्थीले पनि मौका परीक्षामा सहभागी हुन पाउने बोर्डले बताएको छ ।
परीक्षामा सहभागी हुन साउन १५ सम्ममा आवेदन फारम भर्ने सकिने छ ।एसईई परीक्षाको परीक्षाफल गत असार १२ गते सार्वजनिक भएको थियो ।
हेर्नुहोस सूचना