ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ परेपछि .....

Jul 3, 2019  
प्रदेश समाचार सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार १९, धनगढी(अस) । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया नगर उद्योग वाणिज्य संघका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेपछि बुधवार अत्तरिया बजार बन्द गरिएको छ । प्रहरीले विहान पत्रकार सम्मेलनबाटै अत्तरिया नगर उद्योग वाणिज्य संघका अशोकराज देवकोटासहित तीन जनालाई पक्राउ गरेको विरोधमा व्यवसायिहरुले बजार बन्द गराएका हुन् । उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटासहित सदस्य विपिन साउद र व्यवसायी दिनेश विष्टलाई प्रहरीले पक्राउ गरेको थियो । अत्तरियाका उद्योगी, व्यवसायीहरुको साझा समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको विषयमा विरोध गर्दा मुद्धा लगाएर पक्राउ गर्नु गलत भएको भन्दै अत्तरियाका व्यवसायीहरुले व्यवसायीक प्रतिष्ठानहरु बन्द गरेर विरोधमा उत्रिएको अत्तरिया नगर उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले बताए । प्रहरीले सार्वजनिक हित विरुद्धको कसुर अन्तर्गत गोदावरी नगरपालिकाले दर्ता गरेको मुद्दामा उनीहरुलाई पक्राउ गरेको बताएको छ । नगरपालिकाले अध्यक्ष देवकोटासहितका आठ जना व्यवसायी विरुद्ध मुद्दा दर्ता गरेको थियो । गत असार १० गते नगरसभामा उद्योग वाणिज्य संघलाई शुभकामना मनतव्य सहित मागहरु राख्न नदिएपछि व्यवसायीहरुले विरोध जनाउँदै आएका थिए । नेकपा स्थायी कमिटि सदस्य लेखराज भट्ट सहभागी नगरसभामा अवरोध सिर्जना गरेको भन्दै नगरपालिकाले उद्योग वाणिज्य संघका पदाधिकारीसहित केही व्यवसायी विरुद्ध मुद्धा दर्ता गरेको थियो । उद्योग वाणिज्य संघले बुधवार विहान संघको सभाहलमा सोही विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)